मेरो मानस पटलमा डा. सत्यमोहन जोशी
जेठ २२, २०८३, शुक्रबार | राति ०७:४२ बजे | 100
डा इन्दुल केसी
प्रारम्भ
श्री रत्न पुस्तकालय बानेश्वर काठमाडौंका अध्यक्ष शशीविक्रम राणाज्यूले एउटा संस्मरण लेख लेखिदिन मलाई अनुरोध गर्नुभयो । उक्त पुस्तकालयले डा. सत्यमोहन जोशीज्यूको स्मृति स्मारिका प्रकाशन गर्न लागेको रहेछ । यसै सन्दर्भमा मेरो यो लेखेको शुभारम्भ भयो । शताब्दि पुरुष जोशीज्यूको १०३ वर्षे दीर्घायु जीवन पछि उहाँको आत्मा यो धर्तिबाट बिदा भैसकेको छ । तर उहाँको पार्थिव शरीरलाई उहाँकै इच्छा अनुरुप चिकित्सा अनुसन्धानका लागि हाल किष्ट अस्पतालमा सुरक्षित राखिएको छ । उहाँ नेपालका एक होनहार बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ भन्ने कुरा जगजाहेर छ । उहाँको व्यक्तित्व र कृतित्वको साथै उहाँसँगको मेरो घनिष्ठ सम्बन्धबारे मेरो मानस पटलमा सधै रहिनै रहेको छ, रहिरहने छ । मेरो मनमा सधैं बज्रलेप जस्तो छाप परिरहेका घटनाहरु छन् । उहाँले लेख्नुभएका धेरै पुस्तकहरु मैले पढेको छु । त्यसमध्ये एउटा पुस्तकमा केन्द्रित भएर यो लेख तयार गरेको छु । यसभन्दा पहिले उहाँले लेख्नुभएको ‘महर्षि याज्ञवल्क्य नाटक’ बारे मेरो एउटा लेखलाई मेरो पुस्तक ‘शब्दसागरका मोती’ समीक्षा संग्रहमा समावेश गरी नेपाली पाठकहरुमाझ प्रस्तुत गरिसकेको छु । यो लेखलाई दुई पक्षमा विभक्त गरेको छु । पहिलो पक्ष उहाँ र मेरो घनिष्ठ सम्बन्ध तथा दोस्रो पक्ष उहाँले लेख्नुभएको ‘माओत्से तुङका कविताः टिप्पणी र विवेचना’ हो ।
पहिलो पक्ष
उहाँसँगका मेरो सम्बन्धका केहि कुराहरु बुँदागत रुपमा निम्न अनुसार प्रस्तुत छन् ।
ड्ड म स्वयम् संस्थापक अध्यक्ष भई भक्तपुरमा स्थापना गरिएको कला संस्कृति भजन महागुठी भक्तपुरको महाकाली स्थानमा भएको एक भव्य समारोहमा प्रमुख अतिथि भई डा. सत्यमोहन जोशीज्यूले समुद्घाटन गर्नुभएको थियो । उक्त महागुठीमा भक्तपुरका विभिन्न ४७ वटा भजन मण्डलहरु संस्थागत रुपमा आवद्ध छन् ।
ड्ड केशव सुषमा भजन ज्ञानगुठी नेपालले उक्त गुठीको २३ सौ वार्षिक उत्सवको उपलक्ष्यमा २०७८ साल आश्विन १६ गते सोही गुठीका अध्यक्ष श्री केशवराज राजभण्डारीज्यूले डा. सत्यमोहन जोशीज्यूको निवास ललितपुरमा आयोजना गर्नुभएको एक भव्य समारोहमा डा. सत्यमोहन जोशीज्यूले मलाई दोसल्ला ओढाइ उहाँको हस्ताक्षर भएको सम्मान पत्र उहाँले नै मलाई प्रदान गर्नुभएको थियो ।
ड्ड पाटन बखुँबहालस्थित उहाँको घरलाई संग्रहालयको रुपमा परिणत गरिसकेपछि उहाँ स्वयम्ले मलाई उक्त संग्रहालय अवलोकन गराउनु भएको थियो ।
ड्ड डा. सत्यमोहन जोशीज्यूको भीम रथारोहण गरी गाडीमा राखी ललितपुर नगरमा शोभा यात्रा गराउँदा भक्तपुरका विभिन्न भजन टोलीहरुलाई मेरो अगुवाइमा ललितपुर नगर परिक्रमा कार्यक्रममा सहभागी भएका थियांै ।
ड्ड उहाँ विरामी भई ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल हस्पिटलमा उपचारको क्रममा रहनुभएको बेला उहाँको स्वास्थ्य लाभको मंगलमय शुभकामना दिन म पुगेको थिएँ । त्यो बेला उहाँलाई सघन कक्षमा राखी उपचार भई रहेको थियो । त्यहाँ रहेका स्वास्थ्यकर्मी नर्सहरुले मलाई भन्नुभयो, “उँहालाई अहिले भेटन् सकिन्न, तपाईको नाम र ठेगाना आगन्तुक पुस्तकमा लेखेर फर्कनु होला ।” मेलै हस भनी त्यहाँबाट फर्केर ढोकासम्म आइपुग्दा ती उपचारक दौडेर मलाई बोलाउन आई भन्नुभयो । डा. सत्यमोहनज्यूलाई तपाई आएको जानकारी दिँदा उहाँलाई बोलाएर मलाई भेट्न दिनु भन्नुभएको रहेछ । म फर्केर भेट्न गएँ, अभिवादन गरेँ, स्वास्थ्य लाभको कामना व्यक्त गरेँ । त्यो बेला डा. सत्यमोहनज्यूले भन्नुभयो, “इन्दुल तिमीलाई धन्यवाद छ । यो संसार यस्तै रहेछ । म अहिले हस्पिटलको बेडमा छु । यहाँबाट म घर फर्केपछि मलाई भेट्न आउनु है । ” म भाव विभोर भई त्यहाँबाट आफ्नो निवासस्थान भक्तपुर फर्किएँ ।
दुई थुँगा पूmल
राष्ट्रसंरक्षण साप्ताहिक, वर्ष ९ अंक २६ मा छापिएको डा. सत्यमोहन जोशीज्यूले रच्नुभएको दुई थुँगा पूmल शीर्षकको एउटा कविता यहाँ प्रस्तुत गर्न चाहेँ ।
दुई थुगा पूmल
विविध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।१।
भजन–कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२।
मेरो व्यक्तित्वको बारे स्व. डा. सत्यमोहन जोशीज्यूले कविता प्रस्तुत गर्नुभएको थियो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित हार्दिक आभार व्यक्त गर्दछु । यो कविता मेरो हालै प्रकाशित समीक्षा संग्रह ‘शब्दसागरका मोती’ नामको पुस्तकमा पनि समावेश गरेको छु ।
दोस्रो पक्ष
ड्ड डा. सत्यमोहन जोशीज्यूले विभिन्न विषय र विधामा धेरै किताबहरु लेख्नुभएको छ । उहाँले लेख्नुभएका दुईवटा किताबहरु बारे उहाँ चर्चा गर्दछु । उहाँले लेख्नुभएको महर्षि याज्ञवल्क्य नाटकलाई मैले “महर्षि याज्ञवल्क्य” नाटकका दृश्य शीर्षक दिई त्यस किताबमा रहेको नाटककको ७ वटा दृश्यहरुलाई मैले गरेको टिप्पणी मेरो पुस्तकमा प्रकाशित गरिसकेको छु । उहाँले लेख्नुभएको अर्को पुस्तक ‘माओत्से तुङका कविताः टिप्पणी र विवेचना’लाई मैले गरेको केही टिप्पणी निम्न अनुसार बुँदागत प्रस्तुत गर्न चाहेँ ।
ड्ड काठमाडौं विश्वविद्यालय कन्पm्युसियस इन्स्टिच्युटले २०७८ सालमा प्रकाशित १२३ पृष्ठको ‘माओ त्से तुङका कविताः टिप्पणी र विवेचना’ डा. सत्यमोहन जोशीज्यूद्वारा अनुवादित पुस्तक हो । यस पुस्तकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूले आफ्नो शुभकामना मन्तव्यमा लेख्नुहुन्छ, “नेपाली भाषी पाठकलाई चिनियाँ साहित्यको रसास्वादन गराउन तथा नेपाली र चिनियाँ साहित्यकाबीच रहेको समानता र असमानता विषयमा जानकारी दिन यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
ड्ड उक्त विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुबोध शर्मा भन्नुहुन्छ, “यस पुस्तकले चिनियाँ साहित्य बुझ्न चाहने नेपाली पाठकलाई राम्रो खुराक प्रदान गरेको छ । डा. सत्यमोहन जोशीले माओ त्से तुङका कविताहरु चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गरी तिनको टिप्पणी र विवेचनासमेत गरेर तयार पार्नुभएको हो ।”
ड्ड पुस्तकका अनुवादक लेखक स्वयम् डा. सत्यमोहन जोशीज्यूले यो पुस्तकको भूमिकामा लेख्नुहुन्छ, “नेपाल र चीनको सम्बन्ध विश्वको सर्वोच्च हिमाल जतिकै पुरानो छ । नेपाल र चीनको मित्रता प्रागैतिहासिक कालदेखि सुरु हुन्छ । अनि नेपाल र चीनको साँस्कृतिक आदनप्रदानको जानकारी यस पुस्तकले पनि दिनेछ भन्ने मेरो धारणा छ, साथै यस पुस्तकले नेपाली पाठकहरुलाई चिनियाँ काव्यको रसास्वादन गराउनेछ भन्ने दृढ विश्वास पनि छ ।”
अनुवाद साहित्य
त्यो पुस्तक चिनियाँ भाषाको नेपाली भाषामा अनुवाद भएकोले अनुवाद साहित्यको बारे पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै होला भन्ने थाने । खास गरी अनुवादले एउटा पूलको काम गर्दछ, जसको माध्यमले हामी विश्वका विभिन्न स्थानमा रहेका मानवहरुको बीच जोड्दछ । संसार भाषिक, साहित्यिक, साँस्कृतिक एकता र समृद्धि गर्न अनुवाद साहित्यको महत्वपूर्ण स्थान छ । कुनैपनि भाषाको साहित्यलाई विश्वव्यापी बनाउने काम अनुवाद कार्यले नै गर्दछ । अनुवाद एक कठिन र चुनौतिपूर्ण कार्य हो । नेपालको विभिन्न भाषाहरुको साहित्यका विभिन्न विधाका काव्य, कविता, गीत, गजल, मुक्तकहरु, कथा, लघुकथा, संस्मरण, यात्रा नियात्रा, निबन्ध, उपन्यास समालोचना आदिलाई विश्वका अनेकौं भाषामा अनुवाद भएको पाइन्छ । यसरी नै विश्वका अनेकौ भाषाका साहित्यका पुस्तकहरु पनि नेपाली भाषामा अनुवाद भएको पाइन्छ । यसै प्रसंगमा स्व. डा. सत्यमोहन जोशीज्यूको पुस्तक पनि नेपाली पाठकमाझ आइपुगेको छ ।
उक्त किताबमा रहेको विषय सूची अनुसार – चिनियाँ कविता र छन्द, चिनियाँ कविताको आकृति, माओ त्से तुङका लेखन शैली, कविताहरुको रचनाकाल र चिनियाँ इतिहासको कालक्रमको चर्चा गरिएको पाइन्छ । यसमा चिनिया भाषामा लेखिएका २७ वटा कविताहरुलाई नेपाली भाषामा अनुवाद गरिएका छन् ।
शीर्षक
कुनैपनि व्यक्तिको वस्तुको स्थानको नामले त्यसको बारे पूर्व अनुमान गर्ने आधार तयार हुन्छ । यसमा रहेका २७ वटा कविताहरुको शीर्षकले कविताको बारे प्रारम्भिक जानकारी प्रदान गर्दछ । ती २७ वटा कविताहरुको शीर्षकहरु (१) छाङशा नगर (२) याङसी नदीमा पौडाी (३) सुनौले सारसको धरहरा (४) खुनलूब पहाड (५) पैताइखको समुद्री किनार (६) मिलिशिया आइमाई (७) लूशान पहाड चढ्दा (९) शाउनशानमा फेरि फर्कदा (१०) हिउँका बादल (११) उत्तरीय प्रदेशको हिउँ (१२) चिङकाङ पहाड (१३) तापोती जिल्ला (१४) लामो हिँडाइ (१५( हवैछाङ अञ्चल (१६) नयाँ सालको दिन (१७) लौशान भञ्ज्याङको किल्ला (१८) तीन लघु कविता (१९) ल्यूफान पर्वत (२०) पहिलो जवाफी हमला (२१) जानचिङ कब्जा (२२) मयपूmलको प्रशंसा (२३) ल्यू याच प्रति (२४) ल्यू या चलाई जवाफ (२५) साथीलाई जवाफ (२६) कोमोरोलाई जवाफ १ (२७) कोमोरोलाई जवाफ २
कविताहरुका उक्त शीर्षकहरुले नै कवितामा रहेका विभिन्न कुराहरु– जिल्ला, अञ्चल, शहर, नदी, पहाड, पर्वत, समुद्र, हिउँ, हमला, कब्जा आदिले कविताको विषयका विविधता झलकाउँछ ।
चिनिया भाषामा अलड्ढार
शब्दहरुको प्रयोगका शिन खान, पूसा मान ई नामका छन्द प्रयोग भएका छन् । अनुवादक डा. जोशीज्यूले चिनियाँ कविताका छन्दहरुको नामकारण बारे एउटा नमूनाको रुपमा यसरी प्रस्तुत गर्नुभएको छ । शी च्याङ यवे छन्द, यसको अर्थ हो “पश्चिमतिर नदीको उँभो जून ।” यो छन्दको नाम ली यो कविद्वारा रचित तलको कविताबाट उद्धृत गरिएको हो ।
“आज पनि चन्द्रमा छ उँभोतिर पश्चिमी नदीको
चम्कन्थ्यो जुन एकताक महलभित्र ‘उ’राजको ।”
यसरी जोशीज्यूले १७ वटा छन्दहरुको नाम, छन्दको अर्थ, छन्दमा प्रयोग हुने अक्षरहरुको संख्या विवरण दिनुभएको छ।
चिनियाँ कविताको आकृति
चिनियाँ कविताको आकृति विषयमा दुई वटा कुरामाथि विशेष ध्यान दिनु आवश्यक छ । चिनियाँ अक्षरको उच्चारणको प्रयोगमा आउने ४ किसिमका ध्वनि संकेतहरुको पनि अभाव हुनेगर्छ । चिनिया कविताको खास आकृति बोध गर्नको निम्ति चिनियाँ अक्षरको कविता हेर्नु अथवा ध्वनी संकेत गरिएको रोमन लिपिबद्ध कविता पल्टाउनु आवश्यक हुन्छ ।
अन्य कुरा अध्यक्ष माओ त्से तुङको लेख शैली, उक्त २७ वटा कविताहरुको रचनाकाल, इतिहासको कालक्रम, ईशा पूर्व २१ औं शताब्दि श्यार्वश, राजतन्त्र अन्त, प्रजातान्त्रिक क्रान्तिको सुरु, कम्युनिष्ट पार्टीको स्थापना, मजदुर वर्गको नेतृत्व, क्रान्तिकारी गृहयुद्ध, जापानी साम्राज्यवादको विरुद्ध प्रतिरोधको युद्ध, जशमूक्ति युद्ध र यसको विजय, जनगणतन्त्र चीनको स्थापना, महान् सर्वहारा साँस्कृतिक क्रान्ति समेतको विवरण यस पुस्तकमा पाइन्छ ।
कवि माओ त्से तुङको जन्मः १८९३ डिसेम्बर २६, मृत्यु ः १९७६ सेप्तेम्बर ९ भएको थियो ।
टिप्पण्ी र विवेचना
यस पुस्तकमा रहेका सबै २७ वटा कविताहरु टिप्पणहरु र विवेचना गरिएका छन् ।
नमूनाको रुपमा ः पहिलो कविता छाङशा नगर
यसको टिप्पणीमा विभिन्न ६ वटा कुराहरुको टिप्पणी छन् । यसरी यस कविताको विवेचना दिएका छन्, कवित छाङ्शा नगरमा फेरी आइपुग्छने । शरद ऋतुमा छाङ्शा नगरको दृश्य ज्यादै आकर्षक र रमणीय हुन्छन् ।
आखिरमा
२०७८ साल पौष १८ गते कलाशिरोमणि केशव दुवाडी ग्रन्थ सार्वजनीकरण कार्यक्रमको प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुषा डा. सत्यमोहन जोशीज्यूले आफ्नो शुभकामना मन्तव्यमा नेपाल र विश्वका विभिन्न मुलुकहरुमा भएका कला क्षेत्रको विवरणहरुमा प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो “कलाको विभिन्न विधाहरु मुहार चित्र, दृश्य चित्र र रेखा चित्र तयार गर्न कलाकारहरुको योगदान र साहित्यका विभिन्न विधाहरुमा ठूलो योगदान पु¥याउनु भएका साहित्यिक व्यक्तिहरुको सम्मोचित सम्मान नेपालको सरकारी स्तरबाट हुन सकेको छैन ।”
डा. सत्यमोहन जोशीज्यूको सम्झना स्वरुप यो मेरो श्रद्धा सुमन अर्पण गर्दछु । अस्तु ।
