नवनियुक्त प्रजिअ खड्कालाई भक्तपुरमा पत्रकारले जिल्लाका विकृतिबारे गराइयो ध्यानाकर्षण
जेठ २०, २०८३, बुधबार | राति १०:०१ बजे | 230
भक्तपुर, २० जेठ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नयाँ सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्कालाई भक्तपुरका सञ्चारकर्मीहरूले एक कार्यक्रमका बीच स्वागत गरीएको थियो। जिल्ला प्रशासन कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले प्रजिअ खड्कालाई स्वागत गर्दै जिल्लाका समसामयिक समस्याहरूका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले भक्तपुर जिल्लामा तीव्र रूपमा भइरहेको गैरकानुनी भू-उत्खनन, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र त्यसले वातावरणमा पारेको गम्भीर असरबारे नयाँ प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।
> पत्रकारहरूद्वारा उठाइएका मुख्य विषयहरू :
> प्राकृतिक स्रोतको दोहन: मापदण्डविपरीत सञ्चालन भइरहेका इँटाभट्टाहरूका कारण बढेको प्रदूषण ।
> डोजर आतंक: बर्खायाम सुरु भइसक्दा समेत जिल्लाका विभिन्न क्षेत्रमा तीव्र रूपमा चलिरहेको अनियन्त्रित डोजर र यसले निम्त्याउन सक्ने जोखिम ।
> वातावरणीय समस्या: जथाभाभी जग्गा प्लटिङ र उत्खननले गर्दा सिर्जित वातावरणीय चुनौती ।
प्रजिअ खड्काले फ्लोर ओपन गरेर पत्रकारसँंग सुझाब लिन थालेपछि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य पत्रकार प्रेमध्वज लामाले अनियमित प्लटिंगको विषयमा विषय उत्थान थालेका थिए । त्यसपछि यसबारे धेरै पत्रकारहरुबाट समस्याबारे जानकारी गराएका थिए ।
उक्त परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर सिल्पकार, स्वतन्त्र पत्रकार संघ भक्तपुरका उपाध्यक्ष मणिराम लामिछाने, वरिष्ठ पत्रकार पेशल आचार्य, राससकर्मी रमेश गिरी लगायत जिल्लामा क्रियाशील अन्य पत्रकारहरूको उपस्थिति रहेको थियो ।
सहायक जिल्ला अधिकारी सुरेश आचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख तथा जिल्लास्थित उप-अनुसन्धान निर्देशक लगायत सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जनसरोकारका मुद्दामा प्रशासनलाई सञ्चार क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै विकृति रोक्न प्रशासन कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
