चाँंगुको जितपुरमा दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
जेठ २०, २०८३, बुधबार | राति ०८:३० बजे | 725
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका जितपुरमा ढलान कार्यका लागि प्रयोग भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाइएको छ । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा परेको ट्याक्टरमा १० जनाभन्दा बढी सवार रहेको जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको जनाइएको छ । प्रहरीले घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
