भनपा १० छालिंग जाने बाटोमा चक्कु प्रहारबाट महिलाको मृत्यु
जेठ २०, २०८३, बुधबार | राति ०९:४९ बजे | 1410
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक छालिंग जाने बाटोको ब्यारेकनिर कोठामा बस्ने श्रीमानश्रीमतीको झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको जनाइएको छ । छुरा प्रहारपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको खवर आएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।
