युवतीमाथि जबरजस्ती करणी


फाल्गुन २३, २०७७, आइतबार | विहान ०९:३८ बजे | 25


मिति २०७७÷११÷११ गते देखि मिति २०७७÷११÷१४ गते सम्म जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.३ कौशलटार स्थितमा पीडित बर्ष १७ की बालिकालाई जिल्ला सिराहा धनगढी नगरपालिका वडा नं.४ सन्तनगर घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ कौशलटार बस्ने बर्ष २७ को दुर्गानन्द चौधरीले बिभिन्न प्रभोलनमा पारी विवाह गर्छु, घुम्न जाउ भनी बोलाई उदयपुर गाईघाटबाट बसमा चढाई भक्तपुर कौशलटार स्थित डेराकोठामा ल्याई पटक–पटक जवरजस्ती करणी गरेको भन्ने पीडितले महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा मिति २०७७÷११÷२१ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ गठ्ठाघरबाट निज दुर्गानन्द चौधरीलाई कानून बमोजिम पक्राउ गरी करणी सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको । 

Comments