क्रसर उद्योग विरुद्ध संघर्ष समिति
जेठ १८, २०८३, सोमबार | विहान ०८:१३ बजे | 80
काभ्रे। भ्रष्टाचार विरोधी अभियान्ता प्रेमध्वज लामाको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित एक क्रसर उद्योग विरुद्ध संघर्ष गर्न संघर्ष समिति गठन गरिएको छ । पशुपति रोडा तथा ढुङ्गा उद्योग प्रालीको विरुद्धमा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा भीमनाथ उप्रेतीको अध्यक्षतामा सात सदस्य संघर्ष समिति गठन गरिएको हो
गठित सङ्घर्ष समितिले उद्योगले गरेको अनियमितता विरुद्धमा संघर्ष छेड्ने जनाएको छ । पछिल्लो समय उद्योगले सिधा गइरहेको खहरे खोलालाई सुद्ध आफू अनुकूल फर्काएको जनाएको छ। साथै उद्योगले नजिकैको सार्वजनिक वनजङ्गल पनि अतिक्रमण गरेको आरोप लगाउँदै उद्योग सडक खोला वनजङ्गल बस्ती को मापदण्ड विपरीत सञ्चालित रहेको जनाएको छ।
उद्योगको आफ्नै झन्डै ११ रोपनीको हाराहारीमा जग्गा रहेता पनि चारैतिरको सार्वजनिक जग्गा अतिक्रमण गरी अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन्। यसका विरुद्ध पहिलो चरणमा सम्बन्धित निकायहरूमा ध्यानाकर्षणको लागि ज्ञापन पत्र समेत बुझाउने योजना संघर्ष समितिले बनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
