एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न कार्यक्रम 


जेठ १३, २०८३, बुधबार | राति ०८:१५ बजे | 75


एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न कार्यक्रम 

चितपोल । जनस्वस्थ्य कार्यलय भक्तपुरको आयोजनमा एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि, पत्रकार, प्रहरी, एच.आइ.भी संक्रमित तथा मुख्य जोखिम समुहमा अभिमुखीकरण कार्यक्रम सुर्यविनायक नगरपालिका वडा नं चितापोल वडा कार्यलयमा बुधबार सम्पन भएको छ । 
एच.आइ.भी÷एड्स को बिषयलाई स्थानीय पालिका तथा वडाले आफ्नो बार्षिक नीति तथा बजेटमा समाबेस नगरिएको र यससंग सम्बन्धित ज्ञान नै समेत कमी भएको जसले गर्दा नीतिगत रुपमै यो बिषय ओझेलमा सधै पर्ने गरेको छ । अभिमुखीकरण कार्यक्रमले सम्बन्धित सबै सरोकारवालाले अहिलेको अवस्थाबारे अभिमुखीकरण गरिएको छ । आगामी दिनमा वडा न.१० नीतिगत रुपमै बजेट बिनियोजन गर्ने वडा प्रमुख शिबराम राउतले बताउनुभएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

एच.आइ.भी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न कार्यक्रम 

Comments