चुनावी प्रक्रियाद्वारा विद्यार्थी प्रतिनिधि छनोट
जेठ १३, २०८३, बुधबार | विहान ०७:०७ बजे | 110
मध्यपुर ठिमी भक्तपुर
विद्यार्थीहरूलाई व्यावहारिक र प्रयोगात्मक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८३ जेष्ठ १२ गते चुनावी प्रक्रियाद्वारा विद्यार्थी प्रतिनिधिहरू छनोट गरियो। विद्यार्थीहरूलाई नेपालको चुनावका विषयमा प्रयोगात्मक तवरले ज्ञान दिने उद्देश्यले आयोजित उक्त चुनावी कार्यक्रम स्कुल क्याप्टेन र हाउस क्याप्टेन छान्नका लागि आयोजना गरिएको थियो ।कक्षा ४ देखि १० सम्मका करिब ४०० विद्यार्थीहरू सहभागी भएको उक्त चुनावी कार्यक्रम गत जेष्ठ ५ गतेदेखि सुरु गरी समापन आज जेष्ठ १२ गते गरिएको थियो ।विद्यार्थीहरूलाई उम्मेदवार मनोनयन, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारहरूको अन्तिम नामावली एवं मतदानद्वारा छनोट प्रक्रिया र मतगणना प्रक्रिया व्यावहारिक रुपमा प्रयोगात्मक तवरले विभिन्न चरणमा आयोजना गरिएको थियो। आजै सम्पन्न मतगणनामा कक्षा १० का छात्र आरुष श्रेष्ठ २८४ मतसहित स्कुल क्याप्टेन बन्न सफल भएका थिए भने एन्जिला श्रेष्ठ सहायक स्कुल क्याप्टेन बन्न सफल भएकी थिइन्। त्यस्तै विभिन्न चारवटा सदनको बीच हाउस क्याप्टेन र भाइस क्याप्टेन छनोट प्रक्रियामा विभिन्न हाउसका विद्यार्थीहरूले प्रतिस्पर्धा गरी निर्वाचित हुन सफल भएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी दिनुभयो । मतगणना पश्चात विजेता विद्यार्थीहरूलाई खादा ओडाई बधाई तथा शुभकामना प्रदान गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले व्यवहारिक ज्ञानका साथसाथै प्रयोगात्मक शिक्षा विनायकको विशेषता भएको बताउँदै विजेता सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।
फाेटाेमा हेर्नुहाेस्...
