भक्तपुर बचतमा ८ दिने वाककला तालिम सुरु
जेठ १२, २०८३, मङ्गलबार | राति ०८:२८ बजे | 40
भक्तपुर, १२ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आठदिने वाक कला तालिम मंगलबारदेखि सुरु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले एक्लो जीवन तालिमविना सफल नहुने भएकाले हरेकले तालिमबाट सार्थक बनाउनुपर्ने बताउनुभयो । उहाँले तालिममा जो जहाँबाट आएपनि एक आपसमा सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो । संस्थाले सदस्यको हितका लागि विभिन्न खालका सिपमूलक तालिमहरु नियमित रुपमा दिइरहेको बताउँदै सदस्यहरुबीच संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरी सहकार्य गरिरहेको स्पष्ट पार्नुभयो । राम्रो बोल्ने मान्छेले जीवनलाई निखार्दै अघि बढ्ने भएकाले वाककला त्यसका लागि सहयोगी सावित हुने र यस्ता कार्यक्रमले सदस्यहरुबीच पूँजी निर्माणको काम गर्ने उहाँको भनाइ छ ।
आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालले तालिमविनाको जीवन सहज नहुने बताउनुभयो । उहाँले जीवनको महत्वपूर्ण क्षण वाक कला पनि भएकाले तालिमले जीवनमा सकारात्मक परिवर्तन ल्याउने औंल्याउनुभयो ।
प्रशिक्षक शरद राईले तालिम दिने उक्त कार्यक्रममा २० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । कार्यक्रममा आयोजक समितिका सदस्य सविना प्रजापतिले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
