पार्टीका नेता–कार्यकर्तामाथि भइरहेको धरपकडको निन्दा


जेठ १२, २०८३, मङ्गलबार | राति ०७:४७ बजे | 90


पार्टीका नेता–कार्यकर्तामाथि भइरहेको धरपकडको निन्दा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सरकारको दमन र पक्राउको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता समीरले जारी गरेको विज्ञप्तिमा पार्टीका नेता–कार्यकर्तामाथि भइरहेको धरपकडको निन्दा गरिएको छ ।

विज्ञप्तिमा शान्तिपूर्ण रूपमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेका नेता तथा कार्यकर्तामाथि सरकारले पक्राउ, धरपकड र निगरानी बढाएको आरोप लगाइएको छ । पार्टीले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ ।

त्यस्तै, विज्ञप्तिमा विभिन्न जिल्लाबाट पार्टीका कार्यकर्तालाई पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिएको छ । राज्यले दमनकारी शैली अपनाए आन्दोलन थप सशक्त बन्ने चेतावनीसमेत दिइएको छ ।

पार्टीले नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक गतिविधिमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेको छ । साथै, पक्राउ परेका नेता–कार्यकर्ताको स्वास्थ्य र सुरक्षाप्रति गम्भीर बन्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

Comments