मुनि विहार भक्तपुरमा बरिस्ठ उपासिकाको शोकसभा सम्पन्न


जेठ १०, २०८३, आइतबार | दिउँसो ०२:१० बजे | 75


मुनि विहार भक्तपुरमा बरिस्ठ उपासिकाको शोकसभा सम्पन्न

मुनि विहार भक्तपुरमा मुनि विहार दायक सभाका अध्यक्ष एवं बरिस्ठ उपासक रामकृष्ण बैद्यका जहान मुनि विहारका बरिस्ठ उपासिका धम्म सेविका दिवंगत मोहनदेवी बैद्यजुको शोक सभा सम्पन्न भयो । मुनि विहार प्रमुख श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्थविरज्यूले उपासिका दिवंगत मोहनदेवी बैद्यको योगदानको बारेमा बताउनु भयो । त्यस्तै दिवंगत उपासिकाकी कान्छी छोरी अमिता बैद्यले जीवनी बताउनुभयो । परिवार तथा दायक समितिका पदाधिकारीहरूले भिक्षुसंघलाई पांशुकुल चिवर दान गर्नुभयो । भिक्षुसंघले दाता सबैलाई शुभआशिर्वाद वचन दिनुभयो । शोकसभा शील प्रार्थना बाट शुरूवात भई पुण्यानमोदन र दानप्रदान गरि सम्पन्न गरिएको थियोे

फाेटाेमा हेर्नुहाेस्...

मुनि विहार भक्तपुरमा बरिस्ठ उपासिकाको शोकसभा सम्पन्न

Comments