अरुणिमाका एसइइ उत्तिर्ण विद्यार्थीहरू सम्मानित, उच्चतम जिपिए प्राप्त गर्नेहरूलाई नगद पुरस्कार
जेठ १०, २०८३, आइतबार | दिउँसो ०२:०६ बजे | 85
जेठ १०, काठमाडौं । काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८२ सालको एसइइ पूरा गरेका विद्यार्थीहरूलाई एक समारोहका बीच अभिनन्दन गरेको छ । प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि. बौद्धका १०४ नव अरुणिमा मा.वि. आरुबारीका ४८ र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ३० जना विद्यार्थीहरू गरी जम्मा १८२ जना विद्यार्थीहरू समारोहमा अभिनन्दित भएका थिए । समारोहमा उच्चतम जिपिए प्राप्त गर्ने विद्यार्थीहरू अदिती श्रेष्ठ, आयुषा न्यौपाने, तेन्जिला लामा, मानुषी चालिसे र समिप बुढाथोकी (नव अरुणिमा मा.वि., आरुबारी), प्रनभ पौडेल (अरुणिमा शिक्षा सदन मा.वि. महाङ्काल) र रोनिका प्रधान (अरुणिमा मा.वि., बौद्ध) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन समेत गरिएको थियो । साथै सोही अवसरमा तीनै विद्यालयका विषयगत शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षता तथा प्रा.डा. राजाराम प्रधानाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित समारोहमा अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताउनुभयो । प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले तीनओटै विद्यालयका एसइइइ उत्तिर्णहरूलाई बधाई ज्ञापन गर्दै प्र्रतिष्ठानका समग्र्र शैक्षिक कार्यक्रमबारे प्रकाश पार्नुभएकोे थियो । नव अरुणिमा मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बरालले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो हुन विद्यार्थीहरूलाई सल्लाह तथा सुझाव दिनुभयो । अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठले अरुणिमा अलम्नाई एसोसिएसनले प्रतिष्ठानमा पु¥याएको योगदानका बारेमा उल्लेख गर्नुभयो । कार्यक्रमका अध्यक्ष भीमानन्द ढुंगानाले प्रतिष्ठानलाई राष्ट्रकै उत्कृष्ट शैक्षिक गुठीका रुपमा स्थापित गर्ने ढृढता व्यक्त गर्नुभयो । एसइइ उत्तिर्णका तर्फबाट तीनवटै विद्यालयका सर्वोत्कृष्ट नतीजा प्राप्त गर्ने छात्र–छात्राहरूले आफ्ना अनुभवहरू बाँड्दै सफलतामा योगदान पु¥याउने प्रतिष्ठान परिवार र अभिभावकवर्ग सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
