प्रदेशमा बस्दा पनि भक्तपुरसँग समन्वय र सहकार्य हुने विश्वास
जेठ ८, २०८३, शुक्रबार | साँझ ०४:४६ बजे | 30
भक्तपुरबाट बागमती प्रदेशमा सरुवा भई जानुहुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई आज एक कार्यक्रमबीच बिदाई गरियो । नगर प्रमुख प्रजाभक्तपुरबाट बागमती प्रदेशमा सरुवा भई जानुहुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई आज एक कार्यक्रमबीच बिदाई गरियो । नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपी लगाइदिनुभइ भक्तपुरको प्रसिद्ध मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
बिदाइ कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भक्तपुर नपाले सँधै समन्वय र सहकार्य गर्दै काम गरेको बताउनुभयो ।
उहाँले प्रजिअ ढकालको आगामी जिम्मेवारीका लागि पनि शुभकामना व्यक्त गर्दै प्रदेशमा बस्दा पनि भक्तपुरसँग समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको महत्वपूर्ण बिस्काजात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा प्रजिअ ढकाललाई धन्यवादज्ञापन गर्नुभयो ।
सोही क्रममा प्रजिअ ढकालले भक्तपुरमा काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यहाँबाट प्राप्त अनुभव र सहकार्य सँधै स्मरणीय रहने बताउनुभयो ।
उहाँले भक्तपुरमा करिब सात महिनाको कार्यकाल शान्त र सुखद् रुपमा बितेको बताउँदै भक्तपर सानो, शान्त र व्यवस्थित शहर भएकोले आफ्नो कार्यकालमा कुनै ठूलो चुनौती सामना गर्न नपरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधि, नगरबासी, संघ संस्था, कर्मचारी र सुरक्षा निकायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रासमेत शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उहाँले सुरक्षामा कुनै हस्तक्षेप नगरी यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुनु नै सुखद् पक्ष
रहेको बताउनुभयो ।
बिदाइकै क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि आगामी कार्यकालको लागि शुभकामना दिनुभयो । उक्त कार्यक्रममा वडाध्यक्ष र शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो । पतिले प्रजिअ ढकाललाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपी लगाइदिनुभइ भक्तपुरको प्रसिद्ध मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
बिदाइ कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भक्तपुर नपाले सँधै समन्वय र सहकार्य गर्दै काम गरेको बताउनुभयो ।
उहाँले प्रजिअ ढकालको आगामी जिम्मेवारीका लागि पनि शुभकामना व्यक्त गर्दै प्रदेशमा बस्दा पनि भक्तपुरसँग समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको महत्वपूर्ण बिस्काजात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा प्रजिअ ढकाललाई धन्यवादज्ञापन गर्नुभयो ।
सोही क्रममा प्रजिअ ढकालले भक्तपुरमा काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यहाँबाट प्राप्त अनुभव र सहकार्य सँधै स्मरणीय रहने बताउनुभयो ।
उहाँले भक्तपुरमा करिब सात महिनाको कार्यकाल शान्त र सुखद् रुपमा बितेको बताउँदै भक्तपर सानो, शान्त र व्यवस्थित शहर भएकोले आफ्नो कार्यकालमा कुनै ठूलो चुनौती सामना गर्न नपरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधि, नगरबासी, संघ संस्था, कर्मचारी र सुरक्षा निकायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रासमेत शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उहाँले सुरक्षामा कुनै हस्तक्षेप नगरी यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुनु नै सुखद् पक्ष
रहेको बताउनुभयो ।
बिदाइकै क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि आगामी कार्यकालको लागि शुभकामना दिनुभयो । उक्त कार्यक्रममा वडाध्यक्ष र शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)