ख्वप माध्यमिक विद्यालयकी छात्रा साइसा खड्का नेपाल प्रथम


जेठ ६, २०८३, बुधबार | दिउँसो ०१:४१ बजे | 810


ख्वप माध्यमिक विद्यालयकी छात्रा साइसा खड्का नेपाल प्रथम

भक्तपुर । ख्वप माध्यमिक विद्यालय की मेधावी छात्रा साइसा खड्काले कक्षा १२ को वार्षिक परीक्षा २०८१ मा राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) अन्तर्गत जिपिए ३.९६ प्राप्त गरी नेपाल प्रथम हुन सफल भएकी छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालयकी छात्रा खड्काले उत्कृष्ट नतिजा हासिल गरेपछि विद्यालय, शिक्षक, अभिभावक तथा भक्तपुरवासीमा खुशी छाएको छ ।

विद्यालय प्रशासनले साइसा खड्काको यस उपलब्धिले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनाएको जनाएको छ । साथै उहाँको मेहनत, अनुशासन र लगनशीलताले अन्य विद्यार्थीलाई समेत प्रेरणा दिएको उल्लेख गरिएको छ ।

साइसा खड्काको उज्वल भविष्यको कामना गर्दै विद्यालय परिवार तथा विभिन्न व्यक्तित्वहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

Comments