बचत फिर्ता गर्ने सन्देश 


जेठ ५, २०८३, मङ्गलबार | विहान ०७:४९ बजे | 170


बचत फिर्ता गर्ने सन्देश 

????️आर.के. विद्रोही 

साथी मैले विश्वास गरी,

जग्गा बेचेको धन तिमीलाई थमायौ,

घर किन्नैपर्ने” भन्ने सर्त राखेर,

आशा  भरोसाका साथ दियौ 

 

मैले पनि विश्वास गरेको थिएँ,

छिट्टै सबै फिर्ता र्नेछ भनेर,

तर परिस्थिति  बाध्यताले,

पटकपटक सारियो रकम फिर्ता समय 

 

मैले घर खोज्यौसमय पर्खियौ,

धेरै चोटि सम्झायौ पनि,

तर तिम्रो उत्तरमा बहाना धेरै भए,

मेरो मनमा पीडा भरियो पनि 

 

आज  लाज  क्षमायाचनासहित,

फेरि एकपटक अनुरोध गर्छु,

जसरी भए पनि पैसा मिलानु,

अलिकति समय  सहयोग माग्छु 

 

विश्वास नटुटोस् हाम्रो मित्रता,

सम्बन्धमा दरार नपरोस्,

मेरो पैसा तिर्ने जिम्मेवारीबाट,

तिमी कहिल्यै पछि नहट्टोस् 

 

माफी देऊ यदि दुःख दिएँ भने,

मनले कहिल्यै धोका सोचेको छैन,

साथीमेरो भरोसाको ऋण,

जीवनमा कहिल्यै बिर्सने छैन 

Comments