भक्तपुरको कमलविनायकमा अत्याधुनिक ‘डाक्टर जिम’ सञ्चालनमा, स्वास्थ्य र फिटनेसमा नयाँ आयाम थप्ने लक्ष्य


जेठ ४, २०८३, सोमबार | राति ०८:४३ बजे | 185


भक्तपुरको कमलविनायकमा अत्याधुनिक ‘डाक्टर जिम’ सञ्चालनमा, स्वास्थ्य र फिटनेसमा नयाँ आयाम थप्ने लक्ष्य

भक्तपुर, जेठ । भक्तपुरको कमलविनायकमा स्वास्थ्य, तन्दुरुस्ती र मानसिक शान्तिलाई एकैसाथ जोड्ने उद्देश्यका साथ प्रिमियम फिटनेस गन्तव्य ‘डाक्टर जिम’ सञ्चालनमा आएको छ । ‘शक्ति र स्वास्थ्यका लागि तपाईँको प्रिस्क्रिप्शन’ भन्ने नाराका साथ सुरु भएको यस जिमले भक्तपुरमा फिटनेस संस्कृतिलाई नयाँ उचाइ दिने लक्ष्य राखेको छ ।

स्वस्थ र बलियो समुदाय निर्माणका लागि फिटनेस, रिकभरी (स्वास्थ्यलाभ) र वेलनेस सेवाहरूलाई एकै छानामुनि उपलब्ध गराउनु यस क्लबको मुख्य विशेषता रहेकाे जनाइएकाे छ । अत्याधुनिक प्रविधि र विज्ञहरूको मार्गदर्शनमा सञ्चालित ‘डाक्टर जिम क्लबले शारीरिक अभ्याससँगै शरीरलाई आराम र पुनर्ताजगी दिने सेवाहरूमा जोड दिएको छ ।

डाक्टर जिममा अनुभवी प्रशिक्षकहरूबाट व्यक्तिगत तालिम (Personal Training) को व्यवस्था गरिएको छ । जसमा सेवाग्राहीको आवश्यकता अनुसारको कसरत र प्रेरणा प्रदान गरिन्छ । साथै, शक्ति, सहनशीलता र गतिशीलता बढाउनका लागि विशेष फङ्सनल र एरोबिक कक्षाहरू समेत सञ्चालन भइरहेका छन् ।

जिमका अतिरिक्त यहाँ स्वास्थ्यलाभका लागि प्रिमियम सेवाहरू उपलब्ध छन् । तालिमपछि शरीरको तनाव कम गर्न र मानसिक स्वास्थ्यलाई बलियो बनाउन सौना, स्टिम, ज्याकुजी र प्रिमियम स्पाको सुविधा रहेको छ । साथै, चोटपटकको व्यवस्थापन र शारीरिक सन्तुलनका लागि फिजियोथेरापी सत्रहरू समेत उपलब्ध गराइने क्लबले जनाएको छ ।

आधुनिक र स्वच्छ वातावरणमा सञ्चालित यस जिममा कार्डियो, शक्ति प्रशिक्षण र फङ्सनल ट्रेनिङका लागि छुट्टाछुट्टै क्षेत्रहरू रहेका छन् । सेवाग्राहीको सहजताका लागि लकर, नुहाउने सुविधा, इन–हाउस क्याफे र पार्किङको समेत उचित प्रबन्ध मिलाइएको छ ।

कमलविनायकमा अवस्थित यो क्लब बिहान ६:०० बजेदेखि राति १०:०० बजेसम्म खुल्ला रहनेछ । ‘डाक्टर जिमकाे सदस्यता शुल्क रु. ४,९९९ (एक महिना) बाट सुरु भई वार्षिक रु. ३९,९९९ सम्म तोकिएको छ । क्लबमा प्रवेशका लागि रु. १००० शुल्क लाग्नेछ भने व्यक्तिगत प्रशिक्षकका लागि मासिक रु. २४,९९९ (प्रति घण्टा सत्र) शुल्क निर्धारण गरिएको छ ।

भक्तपुरमा स्तरीय फिटनेस र स्वास्थ्य सेवाको खोजीमा रहेकाहरूका लागि ‘डाक्टर जिम’ एक पूर्ण गन्तव्य बन्ने विश्वास सञ्चालकहरूले लिएका छन् ।
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको कमलविनायकमा अत्याधुनिक ‘डाक्टर जिम’ सञ्चालनमा, स्वास्थ्य र फिटनेसमा नयाँ आयाम थप्ने लक्ष्य

Comments