दुई नियात्राकृति एकसाथ लोकार्पण
जेठ ४, २०८३, सोमबार | साँझ ०६:५९ बजे | 55
काठमाडौं । साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ एकसाथ लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार गोविन्दराज भट्टराई लगायतले कृतिहरू सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा प्रा. डा. भट्टराईले पन्तको लेखनशैली मौलिक रहेको उल्लेख गर्दै उहाँका कृतिहरूले नेपाली नियात्रा साहित्यमा विशिष्ट स्थान बनाएको धारणा व्यक्त गर्नुभयो ।
साहित्यकार प्रमोद प्रधानले ‘शिखर शिखरको सौन्दर्य’ माथि समीक्षात्मक मन्तव्य राख्दै कृतिमा सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पक्षहरूको जीवन्त अभिलेखीकरण भएको बताउनुभयो ।
त्यस्तै, समीक्षक प्रा.डा. रामप्रसाद ज्ञवालीले ‘शिवलोकको आलोक’ माथि चर्चा गर्दै पन्तले पाठकलाई महत्वपूर्ण र अर्थपूर्ण कृतिहरू प्रदान गरेको उल्लेख गर्नुभयो ।
यी दुई नियात्राकृति पन्तका क्रमशः २४औँ र २५औँ नियात्रासङ्ग्रह हुन् । यीसहित विभिन्न विधामा उहाँका ४८ कृतिहरू प्रकाशित भइसकेका छन् ।
दायित्व वाङ्मय प्रतिष्ठान द्वारा आयोजित तथा प्रा.डा. भागवत ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृतिकार पन्तसँगै साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज मैनाली र मोहन चापागाईंले पनि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमले नेपाली नियात्रा साहित्यमा पन्तको योगदानलाई उजागर गर्दै सिर्जनात्मक यात्राको निरन्तरतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।
Comments
ताजा खबर
