सिन्धुलीमा पदयात्री टोलीलाई भव्य स्वागत तथा सम्मान


जेठ ४, २०८३, सोमबार | साँझ ०६:२५ बजे | 130


सिन्धुलीमा पदयात्री टोलीलाई भव्य स्वागत तथा सम्मान

सिन्धुली साहित्यिक तथा सांस्कृतिक पर्यावरण प्रवर्द्धनका निम्ति निस्किएको पदयात्री टोलीलाई सिन्धुलीका विभिन्न स्थानीय संघ-संस्था, विद्यालय तथा जनप्रतिनिधिहरूद्वारा भव्य स्वागत, आतिथ्यता एवं सम्मान गरिएको छ। आवसीय विद्यालय र कला केन्द्रद्वारा स्वागत भ्रमणका क्रममा पदयात्री टोलीलाई शिद्धस्थली अंग्रेजी आवासीय मा.वि.का प्रिन्सिपल लक्ष्मी प्रधानले भोजनसहित आत्मीय स्वागत गर्नुभएको थियो । सोही क्रममा पदयात्री टोलीले उमानाथ शास्त्री, सिन्धुलीय साहित्यिक प्रतिष्ठानको अवलोकन भ्रमण गरेको थियो । जर्बुटा कला केन्द्र, सिन्धुलीका कलाकार एवं संरक्षक मण्डलका संरक्षक विश्वम्भर लामिछानेद्वारा पदयात्रिलाई मिठो मोहीले स्वागत गर्दै जर्बुटा कला सम्बन्धित विस्तृत जानकारी गराइएको थियो । पदयात्राकै सिलसिलामा टोली कमलामाई नगरपालिका वडा नं. ९ मा अवस्थित सिन्धुलीका ऐतिहासिक शहिदहरू दुर्गा सुवेदी, ऋषिराज देवकोटा 'आजाद' र दलबहादुर रजत मगरको प्रतिमास्थलमा पुगी श्रद्धासुमन अर्पण गरेको थियो । सो अवसरमा न.पा. ९ को वडा कार्यालयका तर्फबाट वडाध्यक्ष तथा जनप्रतिनिधिहरूले पदयात्री टोलीलाई खादा लगाई हार्दिक स्वागत तथा सम्मान गरेका थिए । धार्मिक स्थलमा स्वागत तथा स्थानीय सांस्कृतिक कार्यक्रम यसैगरी, वडा नं. १० को उमा महेश्वर मन्दिरमा पदयात्री टोलीलाई टीका र पुष्पगुच्छासहित स्वागत गरिएको थियो । मन्दिर दर्शनपश्चात् चनारा दोभानमा स्थानीय स्तरमा आयोजित एक विशेष कार्यक्रममा सहभागीहरूलाई: रामनामी र रुद्राक्षको माला पहिराएर, टीका लगाई,सगुन खुवाएर परम्परागत शैलीमा स्वागत गरिएको थियो । कार्यक्रममा स्थानीय पदयात्री दुर्गाप्रसाद घिमिरेकी १४ वर्षीया साहित्यप्रेमी सुपुत्री स्वस्तिका घिमिरेले स्रष्टा पदयात्रा टोलीलाई टीका र उपहारस्वरुप कलम दिएर विशेष सम्मान गरिएकोले महौल भावुक भएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

सिन्धुलीमा पदयात्री टोलीलाई भव्य स्वागत तथा सम्मान

Comments