तपाईँ त साँच्चै भगवान्ले खटाएर पठाइएका एकजना प्रतिनिधि पात्र हुनुहुन्छ कि के हो
जेठ ४, २०८३, सोमबार | साँझ ०६:०० बजे | 210
मेरो ढाड र कम्मरको दुखाइ पूर्णरूपले निको भैनसक्ता मैले डा० इन्दुल केसीज्यूलाई फेरि पनि दूरस्थ विधिद्वारा झन्डै सात दिनको फरकमा उहाँको घरैमा बसीबसीकन दुईपटक उपचार गरिदिनका लागि अनुरोध गरेँ मैले आफ्नै वासस्थानमा बसीबसी । उहाँले नाइँ नभनीकन फोनमार्फत सजिलो गरी बस्न अराउनु भो।शान्त र ध्यानमग्न मुद्रामा रही जेजस्तो र जति भए पनि भगवान्का नाउँमा भेटीअर्पण गर्न अराउनु भो।हरेक पटक दूरस्थ रेकी विधि अपनाउन थाल्नु अघि स्वेच्छाले भेटी राख्न भन्नु भो। दुई पटक गरी उहाँले मेरोलागि २०/२० मिनेट समय खर्चिनु भो।यस विधिद्वारा मेरो शरीरका २१ वटा प्वाइन्टमा ब्रह्म्ाण्डीय ऊर्जा पठाएर उपचार गरेको कुरा पनि उहाँले बताउनु भयो।
तपाईँ त साँच्चै भगवान्ले खटाएर पठाइएका एकजना प्रतिनिधि पात्र हुनुहुन्छ कि के हो भन्ने पो लाग्यो मलाई त । शरीरका विभिन्न अङ्गमा वायु प्रवेश गरी मुखबाट र पिँधबाट ग्याँस पैदा भै सोही विकारले धेरैजसो रोग र बिमार उब्जिन्छ त्यसैले वायु विकारलाई जम्न दिनु हुँदैन भन्ने पनि तपाईँको स्वास्थ्यसम्बन्धी परामर्श थियो । धन्य, इन्दुल सर,तपाईँले मेरालागि जेजति किसिमका उपचार पद्धति अपनाउनु भो ती सबै नै उपलब्धिमूलक रहेका छन् भन्नेमा म पूर्ण विश्वस्त छु। यहाँको यो सीप,साधना र प्रयोगका बारे मैले आफ्नो आलेखमार्फत जानकारी गराउँदा तपाईँका बारेमा मसित सोधखोज गर्नेको उधुम धुइरो लागिसकेको छ भने अब बिस्तारै तपाईँसमक्छ्य उपचार खोज्दै आउनेले तपाईँलाई घेराबन्दी नगर्लान् भन्न सकिंदैन ।जे होस् सेवा ही परमो धर्मको सुक्ति पालना गरे अझ ख्याति मिल्नेछ ।तपाईँको जय होस् !मसहित बाँकी उपचार चाहने जति सबैमाथि यस्तै किसिमको कल्याण गरी विजय हासिल गर्नुहोस् ।८६ वर्षे उमेरमा राम्रै खालको मानवीय सेवाको काम गर्ने सुअवसर जुरेर आएको पो हो कि यो भन्ने ठानेको छु।अस्तु ।
फाेटाेमा हेर्नुहाेस्...
Comments
ताजा खबर
