के भन्छन् इसेवा सञ्चालक ?


जेठ ३, २०८३, आइतबार | राति ०८:४५ बजे | 95


के भन्छन् इसेवा सञ्चालक ?

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको युवा उद्यमी उपसमितिको आयोजना एवं बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि, तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको सहयोगमा भक्तपुरमा आइतबार “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३” सञ्चालन भएको छ । सम्मेलन भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा भएको हो ।
सम्मेलनमार्फत नेपालमा स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिको विकास, युवा उद्यमशीलतालाई प्रवद्र्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय तथा नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्ने लक्ष्य राखिएको थियो । सम्मेलनअन्तर्गत प्यानल डिस्कसन, फाउन्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसन आयोजना गरिएको थियो । 
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानका अनुसार कार्यक्रममा उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा नवप्रवर्तन क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्यानल डिस्कसनमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल वक्ताको रुपमा रहेका थिए भने सुगारिका केसी मोडरेटरको रुपमा रहेकी थिइन् । यस प्यालन डिसकसनको क्रममा टिच एण्ड डिजिटल इकोनामी (इसेवा) का सञ्चालक शुभाष शर्माले इसेवाले गरेको संघर्षबारे सुनाए । उनले इसेवा अहिले यहाँंसम्म आउनुअघि १० वर्षसम्म निरन्तर संघर्ष गर्नुपरेको कथा सुनाए । अहिले जस्तै मोवाइलबाटै पैसा तिर्न सकिन्छ भनेर जति कन्भिस गराए पनि बुझाउनै सकिएको थिएन, उनले भने, यति बुझाउनलाई हामीले १० वर्ष निरन्तर संघर्ष गर्नुपरयो । (भिडियोको लागि एवीसीडी खवर फेसबुक पेजमा जानुहोला ।)  त्यसकारण हतारमा प्रतिफल नखोज्न उनले नवयुवाहरुलाई सुझाब दिए । पाँंच सात वर्षसम्म कम्पनी निरन्तर घाटामा रहेको पनि उनले सुनाए । 
कार्यक्रममा फाउन्डर स्टोरी सेसनअन्तर्गत सफल उद्यमीहरुले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु साझा गरिएको थियो । उक्त सेसनमा सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायष्थ, केश्मा थापा रहेका थिए ।
सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको प्रदर्शनीसमेत रहेको थियो । मेला संयोजक कीर्तन अवालले जनाए अनुसार कार्यक्रममा भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रे जिल्लाका स्टार्टअप, उद्यमी, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, निजी क्षेत्र, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
सम्मेलनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीको वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । सम्मेलन विहानदेखि दिनभर चलेको थियो । सम्मेलनको उदघाटन बागमती प्रदेशका उद्योगमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन् । 
 

फाेटाेमा हेर्नुहाेस्...

के भन्छन् इसेवा सञ्चालक ?

Comments