रु. ६० मै डेलिभरी सेवा दिँदै देशभर फैलियो Danfe Express
जेठ ३, २०८३, आइतबार | साँझ ०६:०२ बजे | 60
"शून्यबाट सुरु भएको कम्पनी आज ५० भन्दा बढी शाखासहित ४००+ शहरमा सेवा विस्तार गर्न सफल”
नेपालमा पछिल्लो समय डेलिभरी तथा लजिस्टिक्स क्षेत्रमा तीव्र रूपमा अगाडि बढिरहेको Danfe Express Pvt. Ltd. ले अत्यन्तै सस्तो दरमा सेवा प्रदान गर्दै हजारौं व्यवसायी तथा ग्राहकको विश्वास जित्न सफल भएको छ।
सन् २०२१ मा शून्यबाट सुरु भएको Danfe Express ले छोटो समयमै देशभर आफ्नो पहुँच विस्तार गर्दै आज ५० भन्दा बढी शाखामार्फत ४०० भन्दा बढी शहरमा सेवा सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म ५० लाखभन्दा बढी ग्राहकलाई सफलतापूर्वक डेलिभरी सेवा प्रदान गरिसकेको छ।
विशेषगरी साना तथा मध्यम व्यवसायीलाई लक्षित गर्दै कम्पनीले “कम लागतमा भरपर्दो डेलिभरी” अभियान अघि बढाएको छ। हाल Danfe Express ले केही प्रमुख शहरहरूमा अफिस पिकअप सेवा रु. ६० र होम डेलिभरी सेवा रु. १२० मा उपलब्ध गराइरहेको छ। अन्य स्थानहरूमा अफिस पिकअप सेवा रु. १२० र होम डेलिभरी सेवा रु. १८० मा सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीले पोखरा, नारायणघाट, हेटौंडा, भैरहवा, बुटवल, इटहरी, विराटनगर, धरान, दमक, बिराटचोक तथा बिर्तामोड लगायतका प्रमुख शहरहरूमा विशेष अफर लागू गरेको जनाएको छ।
Danfe Express का प्रतिनिधिका अनुसार,
“हामीले केवल पार्सल मात्र डेलिभरी गरेका छैनौं, हजारौं साना देखि ठूला व्यवसायीको सपना पनि जोड्ने काम गरेका छौं। सीमित स्रोतबाट सुरु भएको यो यात्रा आज लाखौं ग्राहकको विश्वासका कारण यहाँसम्म आइपुगेको हो।”
हाल कम्पनीले विभिन्न ई–कमर्स, व्यापारिक संस्था तथा स्थानीय व्यवसायहरूसँग सहकार्य गर्दै नेपालभर आधुनिक र प्रविधिमैत्री डेलिभरी नेटवर्क विस्तार गरिरहेको छ।
छिटो, भरपर्दो र किफायती सेवाका कारण Danfe Express पछिल्लो समय ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको देखिन्छ।
