बालकोट जाने पुल नजिक एक व्यक्ति मृत भेटिए


जेठ ३, २०८३, आइतबार | साँझ ०५:५४ बजे | 115


बालकोट जाने पुल नजिक एक व्यक्ति मृत भेटिए

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलाटारबाट बालकोट जाने हनुमन्ते खोलाको पुल नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयवासीका अनुसार मृतक इलाम घर भएका अन्दाजी ४८ वर्षीय भिम राई रहेको बुझिएको छ । घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी अन्तर्गत प्रहरी वृत्त थिमिको टोली घटनास्थल पुगेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको हुलिया अनुसार उनको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ८ इन्च रहेको छ । उनले रातो–कालो रंगको ज्याकेट, निलो रंगको ट्रयाक, क्रिम रंगको टि–सर्ट लगाएका थिए । साथै बायाँ हातको सानो औँलामा सेतो रंगको औँठी, नाडीमा कालो रंगको घडी तथा खुट्टामा कालो रंगको जुत्ता लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments