ताम्राकारको दह लोकार्पण
जेठ २, २०८३, शनिबार | राति ०९:४० बजे | 35
पनौती। साहित्यिकार ध्रुवकृष्ण ताम्राकारको नवीन उपन्यास ‘दह’ लोकार्पण गरिएको छ। आज पनौतीमा एक कार्यक्रमकाविच उपन्यासकार प्रा डा विष्णु एस राईको प्रमुख आतिथ्यमा ‘दह’ बिमोचन गरिएको हो। कार्यक्रममा कथाकार ताम्राकारलाइ बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राईले सामाजिक, व्यवहारिक र घरघरका घटना क्रममा आधारित रहेर उपन्यास लेखेको विचार पोखे । कार्यक्रमका सभापति प्रसिद्ध साहित्यकार सूर्यप्रसाद लाकोजूले सर्जक ताम्राकार उपन्यास संगै कथा, गीत, कबिताका विधामा पनि कलम चलाउने साहित्यकार भएको बताउनुभयो। त्यस्तै समालोचक डा हरिप्रसाद सिलवालले उपन्यास पठनीय रहेको र कथा अनुसार दह शीर्षक सन्दर्भिक रहेको बताए । अर्का प्रमुख वक्ता ध्रुब मधिकर्मीले उपन्यास यथार्थको धरातलमा आधारित रहेको विचार पोते । दह नेपाली समाजको यथार्थ चित्रण गरेर तयार पारिएको उपन्यास हो । यसअघि कथाकार ताम्राकारको मिराज र आशुको कथा नामक कथा संग्रह प्रकाशित भैसकेको छ। यस्तै, प्रारम्भ (कविता संग्रह), स्पन्दन (मुक्तक संग्रह), हृदयका उदगार(कविता संग्रह), भावनाका उत्सर्गहरु(गीत संग्रह) प्रकाशित भैसकेका छन्। अक्षरमार्गद्वारा प्रकाशित सो उपन्यासका बारेमा समालोचक द्वय डा हरिप्रसाद सिलवाल र ध्रुब मधुकर्मी टिप्पणी गरेका थिए ।
