चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन युद्धस्तरमा जुट्दैछौँ : नगरप्रमुख खत्री


जेठ २, २०८३, शनिबार | राति ०९:२४ बजे | 75


चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन युद्धस्तरमा जुट्दैछौँ : नगरप्रमुख खत्री

भक्तपुर,२०८३ जेष्ठ ०२ गते,शनिबार पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरको आयोजनामा विगत ४० दिनदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘प्रारम्भिक योग प्रशिक्षक प्रशिक्षण तालिम’ भव्य रूपमा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्रको व्यवस्थापनमा सञ्चालित उक्त तालिमबाट सफलतापूर्वक उत्तीर्ण भएका २३ जना योग प्रशिक्षकहरूलाई एक विशेष समारोहका बीच प्रमाणपत्र सहित दीक्षित समेत गरिएको छ । दीक्षान्त तथा समापन कार्यक्रमका प्रमुख अतिथि एवं चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई नेपालकै प्रथम ‘योगमय पालिका’ निर्माण गर्ने गरी नगरपालिका युद्धस्तरमा जुटिरहेको उद्घोष गर्नुभयो । नगरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउन नगरका प्रत्येक वडा र घर-घरमा योग पुर्‍याउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले योग संस्कार,अनुशासन र आत्मिक उन्नतिको मार्ग भएको उल्लेख गर्दै प्रशिक्षत जनशक्तिले समाजमा सकारात्मक उर्जा फैलाउने विस्वास व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय अध्यक्ष श्री सुदर्शन सुवेदीले योगको प्रवर्द्धन र विस्तारमा स्थानीय सरकारको यो अग्रसरता सराहनीय रहेको बताउँदै नयाँ प्रशिक्षकहरूलाई समाजमा योगको उज्यालो फैलाउन आग्रह गर्नुभयो । त्यस्तै, चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष एवं पातन्जल याेग समिति नेपालका सल्लाहकार श्री सोम प्रसाद प्रधानले वडास्तरबाट योग साधना केन्द्रहरूलाई आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरको आयोजना एवम त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्र, चाँगुनारायण-२, दुवाकोटको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा महासचिव नबराज काफ्लेले योगको वैज्ञानिक महत्व,मानसिक स्वास्थ्यमा यसको प्रभाव तथा सामाजिक रुपान्तरणमा योगको भुमिकाबारे प्रकाश पार्नुभएको थियो । त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्रकी सचिव सुमित्रा रानामगरको सन्चालनमा भएको कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरी,केन्द्रीय उपाध्यक्षत्रय योग प्रसाद आचार्य , श्री होम प्रसाद गौतम र गीता प्रसाद नेपाल,केन्द्रीय कोषाध्यक्ष सुवर्ण हमाल,स्थानीय समाजसेवीहरु शिवहरि केसी,सन्तोष केसी,त्यसैगरी त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर आले मगर, सोही मन्दिर संरक्षण समितिका सल्लाहकार श्री माधव न्यौपाने,पातन्जल योग समिति नेपालका केन्द्रीय सदस्यहरु हेमा प्रजापति एवम रन्जिता हमाल,केन्द्रीय महिला विभाग सचिव अनिता कुम्भाकर,सोही विभागका कोषाध्यक्ष ईन्दु लम्साल,वाग्मती प्रदेश सहसचिव विष्णु सुवेदी, वाग्मती प्रदेश सदस्य अस्मिता खड्का लगायतका महानुभावहरुले यस्ता कार्यक्रमले चाँगुनारायण क्षेत्रमा योग चेतना अभिवृद्धि गर्नुका साथै योगमय समाज निर्माण अभियानलाई थप उर्जा प्रदान गर्ने विस्वास व्यक्त गरेका थिए । पातन्जल योग समिति नेपाल, त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्रका अध्यक्ष शोभा आले मगरद्वारा सम्पूर्ण अतिथिहरूलाई फूलगुच्छा एवं रुद्राक्षको माला लगाएर भव्य र आत्मीय स्वागत गरिएको थियो । सो कार्यक्रममा तालिम अवधिभर अनुशासित भई योग्यता हासिल गरेका २३ जना नवदीक्षित प्रशिक्षकहरूले आफूले सिकेको योग ज्ञानलाई समाजको तल्लो तहसम्म पुर्‍याउने संकल्प व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै पातन्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरकी अध्यक्ष एवम कार्यक्रमका सभापति रिता पाख्रीनले तालिमलाई भव्यताका साथ सफल पार्न सहयोग गर्ने व्यवस्थापन पक्ष, प्रशिक्षक र सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा भक्तपुर जिल्लालाई नै योगको विशेष हब बनाउने अभियानमा लाग्ने दृढता व्यक्त गर्नुभयो ।

Comments