ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
जेठ २, २०८३, शनिबार | राति ०७:४६ बजे | 90
२०८३ जेठ २ गते शनिवार ,ब्यासी
ख्वप बचत तथा ऋण सहकारी सस्था लि. शिक्षा उपसमितीको आयोजनामा शनिवार ब्यासिमा Ai tools को ब्यबहारिक ज्ञान तथा सिपबिकास सम्बन्धी शैक्षिक तालिम सम्पन्न भयो | तालिममा Ai Tools को प्रयोगात्मक अभ्यास content लेखन image video लेखनमा Ai को प्रयोग,social media management अभ्यास सम्बन्धि तालिम प्रशिक्षक श्री राम कासिछवाले दिनु भएको थियो |परिचयात्मक कार्यक्रममा अतिथी समाजसेबी गणेश प्रसाद सुवालले तालिम लिनुको साथै नयाँ पुस्ताले बिश्व ईतिहास र राजनैतिक इतिहासबारे जानकारी राख्न आबश्यक छ भन्दै तालिम सफलताको शुभकामना ब्यक्त गर्नुभयो | कार्याक्रममा अर्का अतिथी ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले सरकारले सबै सहकारीलाई एकै दृस्तिकोणले हेर्नु गलत छ, समुदाय आधारित सहकारिले शेयर सदश्यहरुको आर्थिक ,सामाजिक ,शैक्षिक र सास्कृतिकस्तर उकास्ने कार्य गरिरहेको बताउनु भयो | ख्वप साकोस शिक्षा उपसमितिका संयोजक राजाराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सदश्यहरु केजि आचार्य र सीता याकामिले पनि तालिमको महत्वमाथी प्रकाश पार्नु भयो | कार्यक्रममा तालिममा सहभागिहरुलाई ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले प्रमाण-पत्र बितरण गर्नुभयो | तालिममा ३२ जनाको सहभागिता थियो | तालिममा प्रशिक्षक श्रीराम काशिछ्वालाई संस्थाका अध्यक्ष राजकुमार लघुले मायाको चिनो प्रदान गर्नु भएको थियो |
