भक्तपुरमा स्वीप अपरेशनका क्रममा २६ जना नियन्त्रणमा


जेठ १, २०८३, शुक्रबार | राति ०९:०८ बजे | 1385


भक्तपुरमा स्वीप अपरेशनका क्रममा २६ जना नियन्त्रणमा

भक्तपुर, वैशाख १ — जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शुक्रबार साँझ ६ बजे भक्तपुर नगरपालिका–८ लिवालीस्थित पुल हाउसबाट प्रहरी टोलीले स्वीप अपरेशन सञ्चालन गरेको थियो।

अपरेशनका क्रममा २६ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान तथा सोधपुछ प्रक्रिया अघि बढाइएको छ।

Comments