शहिद निर्मल-पुष्प स्मृतिको आयोजना ३ महिने गितार ,भोकल तथा किबोर्ड प्रशिक्षण तालिममा शुभराम्भ


जेठ १, २०८३, शुक्रबार | राति ०९:५० बजे | 125


शहिद निर्मल-पुष्प स्मृतिको आयोजना ३ महिने गितार ,भोकल तथा किबोर्ड प्रशिक्षण तालिममा शुभराम्भ

भक्तपुर

2046 सालको जनआन्दोलनको क्रममा जनआन्दोलनको पहिलो दिन शहादत्त प्राप्त निर्मलकुमार शाक्य र जनआन्दोलनको अन्तिम दिन बहुदल घोषणाको उल्लास क्रममा शहादत्त प्राप्त पुष्परत्न शाक्यको स्मृतिमा स्थापित शहिद निर्मल-पुष्प स्मृतिको आयोजना तथा नेपाल क्रान्तिकारी विद्यार्थी संघ १० वडा समितिको सहकार्यमा ३ महिने गितार ,भोकल तथा किबोर्ड प्रशिक्षण तालिममा शुभराम्भ भएको छ ।

२०५० सालमा समाजमा ब्याप्त विकृति विसंगति विरुध्द सामाजिक गतिविधि निरन्तर संचालन गरी शुरुवाती केहि बर्ष प्रत्येक महिना साहित्यिक सांस्कृतिक गतिविधि संचालन हुनुका साथै पाछिक रुपमा सरसफाई एवं टोल समाज, पाटी पौवामा जुवा तास खेल्ने विकृति विरुध्द गतिविधि गरेको संस्थापक अध्यक्ष माधव प्रसाद सुवालले बताउनु भयो ।

भद्र भलादमी बुध्दिजिवि समाज सेवीहरुको साथ सहयोगमा विभिन्न पत्रपत्रिका, पुस्तकहरुको व्यवस्था गरी निरन्तर संचालन भएको र आर्थिक व्यवस्थापनको लागि सांस्कृतिक प्रर्दशनीहरु भएको भन्नु भयो । समाज उन्नयनको लागि यस्ता सांस्कृतिक , साहित्यिक गतिविधि नियमित रुपमा संचालन हुनु पर्ने भक्तपुर नगर पालिका १०वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भन्नु भयो। अतः भक्तपुर नगर पालिकाले विभिन्न समयमा विभिन्न बाजागाँजा प्रतियोगिता गरिरहेको संस्कृति कर्मीहरुको प्रोत्साहनका निमित्त गाईजात्रामा सांस्कृतिक विधिहरुको मुल्यांकन गरिरहेको बताउनु भयो भने यस बर्ष दाफा भजन प्रर्दशनी गराउने भक्तपुर नगर पालिकाका निर्णय गरेको बताउनु भयो । तालिमको सफलता सहित आफ्ना भनाइ राख्नु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

शहिद निर्मल-पुष्प स्मृतिको आयोजना ३ महिने गितार ,भोकल तथा किबोर्ड प्रशिक्षण तालिममा शुभराम्भ

Comments