वडा नं ८ बाेदे पुर्ण खाेप सुनिश्चित वडा घाेषणाकाे तयारी पूरा

जेठ १, २०८३, शुक्रबार | राति ०८:५७ बजे | 115

वडा नं ८ बाेदे पुर्ण खाेप सुनिश्चित वडा घाेषणाकाे तयारी पूरा

मध्यपुर थिमि नगरपालिका वडा नं ८ बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना वडा घाेषणा तयारीकाे कार्य पूरा भएकाे छ । नेपाल सरकारले निर्धारण गरिएको खाेप मापदण्ड र खाेप तालिका बमोजिम घरभुरी सर्वेक्षण तथ्यांक विश्लेषण र तयारी कार्य पूरा भएकाे प्रमाणित साथ बैशाख ३१ गते बाेदे शहरी स्वास्थ्य केन्द्रमा बसेकाे बाेदे शहरी स्वास्थ केन्द्र व्यवस्थापन समिति तथा वडा खाेप समन्वय समितिकाे बैठकले ८ नं वडा बाेदे क्षेत्रका सम्पूर्ण बालबालिकालाई पुर्ण खाेप लगाई सकेको, बाेदेमा खाेप लगाउन बाँकी काेही पनि बालबालिकाहरु छुट्ट नभएकोले वडालाई पुर्ण खाेप सुनिश्चितता तथा दीगाेपनाकाे प्रमाणिकरणका लागि नगरपालिका खाेप समन्वय समितिमा सिफारिस गरिएकाे छ । 
             वडा नं. ८ बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनाका लागि सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरु तथा स्वास्थ्यकर्मीहरु परिचालन गरेर २०८२ चैत १ गते देखि २०८३ बैशाख अन्तिमा दिनसम्म वडाभरि घरधुरी सर्वेक्षण कार्यक्रम तथा खाेज र खाेप अभियान संचालन गरिएको थियाे । शहरी स्वास्थ्य केन्द्र बाेदेका ईन्चार्ज तथा वडा खाेप समन्वय समितिका सदस्य सचिव रेखा लामाका अनुसार वडाकाे सम्पुर्ण घरधुरी सर्वेक्षणमा जन्मे देखि १५ महिनासम्मका ८९ जना, १६ महिना देखि ५९ महिनासम्मका २१२ गरि जम्मा ३०१ जना बालबालिका भेटिएकोमा ती सबैमा राष्ट्रिय खाेप तालिका अनुसार पाउनु पर्ने सम्पुर्ण खाेप लगाईएकाे पाईएकाे थियाे । बाेदेका रैथाने स्थानीय वडाबासी तथा बहालमा बस्ने घरका बालबालिकाहरु सबैमा पुर्ण खाेप लगाईएको र खाेप लगाउन बाँकी एंव छुवडा नं ८ बाेदे पुर्ण खाेप सुनिश्चित वडा घाेषणाकाे तयारी पूरा •
मध्यपुर थिमि नगरपालिका वडा नं ८ बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना वडा घाेषणा तयारीकाे कार्य पूरा भएकाे छ । नेपाल सरकारले निर्धारण गरिएको खाेप मापदण्ड र खाेप तालिका बमोजिम घरभुरी सर्वेक्षण तथ्यांक विश्लेषण र तयारी कार्य पूरा भएकाे प्रमाणित साथ बैशाख ३१ गते बाेदे शहरी स्वास्थ्य केन्द्रमा बसेकाे बाेदे शहरी स्वास्थ केन्द्र व्यवस्थापन समिति तथा वडा खाेप समन्वय समितिकाे बैठकले ८ नं वडा बाेदे क्षेत्रका सम्पूर्ण बालबालिकालाई पुर्ण खाेप लगाई सकेको, बाेदेमा खाेप लगाउन बाँकी काेही पनि बालबालिकाहरु छुट्ट नभएकोले वडालाई पुर्ण खाेप सुनिश्चितता तथा दीगाेपनाकाे प्रमाणिकरणका लागि नगरपालिका खाेप समन्वय समितिमा सिफारिस गरिएकाे छ । 
             वडा नं. ८ बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनाका लागि सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरु तथा स्वास्थ्यकर्मीहरु परिचालन गरेर २०८२ चैत १ गते देखि २०८३ बैशाख अन्तिमा दिनसम्म वडाभरि घरधुरी सर्वेक्षण कार्यक्रम तथा खाेज र खाेप अभियान संचालन गरिएको थियाे । शहरी स्वास्थ्य केन्द्र बाेदेका ईन्चार्ज तथा वडा खाेप समन्वय समितिका सदस्य सचिव रेखा लामाका अनुसार वडाकाे सम्पुर्ण घरधुरी सर्वेक्षणमा जन्मे देखि १५ महिनासम्मका ८९ जना, १६ महिना देखि ५९ महिनासम्मका २१२ गरि जम्मा ३०१ जना बालबालिका भेटिएकोमा ती सबैमा राष्ट्रिय खाेप तालिका अनुसार पाउनु पर्ने सम्पुर्ण खाेप लगाईएकाे पाईएकाे थियाे । बाेदेका रैथाने स्थानीय वडाबासी तथा बहालमा बस्ने घरका बालबालिकाहरु सबैमा पुर्ण खाेप लगाईएको र खाेप लगाउन बाँकी एंव छुट्ट भएकाे बालबालिका काेही पनि भेटिएको छैन । 
             शहरी स्वास्थ्य केन्द्र बाेदेले २ महिना लगाएर वडाभरि गरेको घरधुरी सर्वेक्षण तथा खाेज र खाेप अचियान कार्यलाई नगरपालिकाका स्वास्थ्यकर्मीकाे टाेलीले क्रस चेक सर्भे गर्दा पनि ८ नं. वडा बाेदेका सम्पूर्ण बालबालिकामा पुर्ण खाेप लगाईएकाे पाईएकाे थियाे । जन्मेदेखि १५ महिनासम्मका र त्यसमाथिका बालबालिकालाई नियमित र विशेष अभियानमा  दिईने/लगाईने खाेप तालिम अनुसारको कुनै पनि खाेप लगाउन छुट्ट भएका बालबालिकाहरु बाँकी छैन । 
            बाेदे शहरी स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा खाेप समन्वय समितिका अध्यक्ष एंव ८ वडा अध्यक्ष रमेश थापा श्रेष्ठले घरधुरी सर्वेक्षणमा बाेदे वडा पुर्ण खाेप सुनिश्चितता तगा दिगाेपना भएको प्रमाणिकरणकाे लागि मापदण्ड पूरा भएकाे भएता पनि प्रत्येक बर्ष पुर्ण खाेपकाे मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन र मु्ल्याँकनकाे निरन्तरता आवश्यक भएको बताउनु भयाे । हालै मात्रै बाेदे वडालाई नगरकै पहिलाे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घाेषणा गरिए जस्तै नगरपालिकाले मापदण्ड बमोजिम प्रक्रिया पूरा गरेर निकट भविष्यमा नै बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना प्रमाणिकरण गरि घाेषणा गर्ने विश्वास ब्यक्त गर्नु भयाे ।ट्ट भएकाे बालबालिका काेही पनि भेटिएको छैन । 
             शहरी स्वास्थ्य केन्द्र बाेदेले २ महिना लगाएर वडाभरि गरेको घरधुरी सर्वेक्षण तथा खाेज र खाेप अचियान कार्यलाई नगरपालिकाका स्वास्थ्यकर्मीकाे टाेलीले क्रस चेक सर्भे गर्दा पनि ८ नं. वडा बाेदेका सम्पूर्ण बालबालिकामा पुर्ण खाेप लगाईएकाे पाईएकाे थियाे । जन्मेदेखि १५ महिनासम्मका र त्यसमाथिका बालबालिकालाई नियमित र विशेष अभियानमा  दिईने/लगाईने खाेप तालिम अनुसारको कुनै पनि खाेप लगाउन छुट्ट भएका बालबालिकाहरु बाँकी छैन । 
            बाेदे शहरी स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा खाेप समन्वय समितिका अध्यक्ष एंव ८ वडा अध्यक्ष रमेश थापा श्रेष्ठले घरधुरी सर्वेक्षणमा बाेदे वडा पुर्ण खाेप सुनिश्चितता तगा दिगाेपना भएको प्रमाणिकरणकाे लागि मापदण्ड पूरा भएकाे भएता पनि प्रत्येक बर्ष पुर्ण खाेपकाे मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन र मु्ल्याँकनकाे निरन्तरता आवश्यक भएको बताउनु भयाे । हालै मात्रै बाेदे वडालाई नगरकै पहिलाे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घाेषणा गरिए जस्तै नगरपालिकाले मापदण्ड बमोजिम प्रक्रिया पूरा गरेर निकट भविष्यमा नै बाेदेलाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना प्रमाणिकरण गरि घाेषणा गर्ने विश्वास ब्यक्त गर्नु भयाे ।

Comments