चाँगुनारायण १ सरस्वती खेल क्षेत्रमा लागूऔषध बोकेर हिँडिरहेक दुई जना नियन्त्रणमा
बैशाख ३०, २०८३, बुधबार | राति ०७:३२ बजे | 300
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ सरस्वती खेल क्षेत्रमा लागूऔषध बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ वैशाख ३० गते साँझ ५ः३० बजे प्रहरी टोलीले को.११ प.५६८० र बा.८९ प.६६९७ नम्बरका मोटरसाइकलसहित ८.५५ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
नियन्त्रणमा पर्नेमा केदार कठायत र ओम शंकर सिंह रहेका छन्। प्रहरीका अनुसार केदार कठायतको साथबाट ८.३१० ग्राम तथा ओम शंकर सिंहको साथबाट ०.२४० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
घटनाबारे प्रहरी वृत्त ठिमी बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
