भक्तपुरमा थेरवाद बुद्धिष्ट एकेडेमीका एम.ए.का बिद्यार्थीहरूको शैक्षिक भ्रमण


बैशाख २७, २०८३, आइतबार | साँझ ०५:१६ बजे | 75


भक्तपुरमा थेरवाद बुद्धिष्ट एकेडेमीका एम.ए.का बिद्यार्थीहरूको शैक्षिक भ्रमण

थेरवाद बुद्धिष्ट एकेडेमी एम.ए. पाँचौं ब्याचको शैक्षिक भ्रमण तथा भोजनदान कार्यक्रम सम्पन्न भयो । भक्तपुर मिनिबस पार्कमा अबस्थित बौद समकृत विहार पुगेर बुद्धपुजा संगै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूबाट विषेश प्रवचन गर्नु भयो । त्यसपछि सिद्धपोखरी स्थित छेठौं शताब्दीका पद्मपाणि बोधिसतवहरू, राजा बिम्बिसार उहाँको पत्नि महारानी र घोडा अंकित बुद्धमूर्ति त्यस्तै ठुलो ब्यासी स्थित मैत्रिय बोधिसत्व र पद्मपाणी लोकेश्वर अंकित बुद्धमुर्ति र दुधपाटी भक्तपुर बहुमुखी क्याम्पस स्थित भाजुपुखु लगायत स्थलहरू अवलोकन पश्चात् मुनि विहारमा परित्राण पाठ श्रवण पछि महास्थविरज्यू मुनि विहारका भिक्षु,श्रामणेर र अनागारिका गुरूमाहरूलाई भोजनदान कार्यक्रम भयो । भोजन सकिसके पछि हनुमानघाट स्थित खुसी विहार (शक्रवर्ण विहार) मा रहेका ठुलो बुद्धमूर्ति,धर्मपाल, महांकाल, चैत्य, धर्मधातु मण्डल, प्रज्ञापारिमिता, शिलालेख,चन्द्र सूर्य सहित पद्मपाणी लोकश्वर मूर्तिहरू अवलोकन गरि सम्पन्न गरियो । शैक्षिक भ्रमण तथा भोजनदान कार्यक्रममा थेरवाद बुद्धिष्ट एकेडमी का प्राचार्य डा. महेन्द्ररत्न शाक्य, अध्यापिका अमिता धाख्वा, बौद्ध जीवनीकार रत्नसुन्दर शाक्य, अनागारिका श्रद्धावती गुरूमा,रोजन शाक्य, संगीता बज्राचार्य,सहित बिमला बज्राचार्य, करूणारत्न शाक्य, बर्तराम मानन्धर, लक्ष्मीदेवी महर्जन, रत्नशोभा शाक्य, आरति रंजित, शोभना महर्जन, विकास शाक्य, तुलसीकाजी मानन्धर सहभागी लगायत थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा थेरवाद बुद्धिष्ट एकेडेमीका एम.ए.का बिद्यार्थीहरूको शैक्षिक भ्रमण

Comments