साहित्यकार नवराज पुडासैनी ’ज्योत्स्ना’को मुक्तक संग्रह ‘एकसय थोपा बालामृत’ लोकार्पित
बैशाख २७, २०८३, आइतबार | दिउँसो ०२:२२ बजे | 110
वैशाख २७, काठमाडौं । साहित्यकार नवराज पुडासैनी ’ज्योत्स्ना’द्वारा लिखित बालबालिका एवं नव युवा लक्षित मुक्तक संग्रह ‘एकसय थोपा बालामृत’ को लोर्कापण गरिएको छ । गोकर्णेश्वर नगरपालिकास्थित भैरव स्मृति भवनको सभाकक्षमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामाले मुक्तक सङ्ग्रह सार्वजनिक गर्नु भएको हो । वडा अध्यक्ष लामाले साहित्यको विकासका लागि आगामी दिनमा पनि वडाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । लोर्कापण गरिएको कृतिमाथि टिप्पणी गर्दै कल्पत? प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रमका सभापति डा. विदुला घिमिरेले नेपाली साहित्यको मुक्तक विधामा प्रकाशित पहिलो बालमुक्तक सङग्रह ‘एकसय थोपा बालामृत’ हरेक दृष्टिकोणले पठनीय भएको बताउनुभयो । गजलकार एवं साहित्यकार सिद्धनारायण आचार्यले लोर्कापित कृति बालसाहित्यको महत्वपूर्ण दस्तावेज भएको धारणा राख्नुभयो । अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द प्रसाद घिमिरे ‘वेदमणि’ ले कृतिकारलाई बधाई दिनुहुँदै आगाी दिनमा थप साहित्यिक सफलताका लागि शुभकामना दिनुभयो । कृति प्रकाशक संस्था कल्पत? प्रज्ञा प्रतिष्ठानकाका अध्यक्ष एवं कल्पत? द्वैमासिकका प्रकाशक एवं प्रधानसम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ ले उपस्थित साहित्यकारहरूलाई धन्यवाद दिँदै सुसंस्कृत साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । संस्थाका सचिव एवं साहित्यकार राजन पुडासैनीले सञ्चालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय विष्णु देवी पुडासैनीको पनि उपस्थिति रहेको थियो ।
