भक्तपुरमा स्वीप अपरेशन : ७९ जना नियन्त्रणमा
बैशाख २६, २०८३, शनिबार | राति ०९:३५ बजे | 1925
भक्तपुर, वैशाख २६ । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ७९ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले मसाज सेन्टर तथा अन्य स्थानमा अपरेशन चलाएको थियो। सो क्रममा मसाज सेन्टरमा कार्यरत ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जना तथा अन्य १५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले उक्त जानकारी दिएका हुन्।
