भनपाका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु


फाल्गुन १९, २०७७, बुधबार | दिउँसो ०३:४३ बजे | 40


आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक    (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ । आज १९ गतेका दिन वडा नं. १ बाट ३२ लाख ७ हजार दुई सय, वडा नं. २ बाट २९ लाख ५६ हजार, वडा नं. ३ बाट ३२ लाख ५० हजार, वडा नं. ४ बाट ६४ लाख १२ हजार दुई सय, वडा नं. ५ बाट ४० लाख, वडा नं. ६ बाट ३७ लाख ३० हजार चार सय, वडा नंं ७ बाट ४१ लाख ५० हजार, वडा नं. ८ बाट १९ लाख २५ हजार, वडा नं. ९ बाट ४८ लाख १९ हजार र वडा नं. १० बाट ३२ लाख ४४ हजार आठ सय रकम गरी कूल ३ करोड ७६ लाख ९४ हजार छ सय वितरण गरिएको छ । सामाजिक सुरक्षा तथा आर्थिक सहायता वितरण कार्य यही फागुन २१ गतेसम्म हुने नपा स्रोतले जनाएको छ ।

Comments