सकियो ताप्लेजुङ जिल्लामा वृहत निःशुल्क स्वास्थ्य शिविर


बैशाख २१, २०८३, सोमबार | दिउँसो ०१:५१ बजे | 90


सकियो ताप्लेजुङ जिल्लामा वृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र डिचेन डोङला स्मारक आँखा उपचार केन्द्रको
प्राविधिक सहयोग तथा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आयोजनामा मिति २०८३
बैशाख १८ र १९ गते ताप्लेजुङ जिल्लामा वृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरियो । उक्त
शिविरमा जेनेरल स्वास्थ्य जाँच, नेफ्रोलोजी, युरोलोजी, इ.सि.जी., इको, भिडियो एक्स–रे, स्त्री तथा
प्रसुती रोग, ल्याब परिक्षण तथा आँखा जाँच लगायतका सेवाहरु उपलब्ध गराईएको थियो । २०८३
बैशाख १८ गते आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५, तिरतिरेमा भएको निःशुल्क शिविरमा
४१७ जना र मिति २०८३ बैशाख १९ गते मिक्वाखोला गाउँपालिका वडा नं. २, चितुव्याङमा
भएको निःशुल्क स्वास्थ्य शिविरमा ४८९ जना गरी कुल ९०६ जना स्थानीय नागरिकहरुले स्वास्थ्य
जाँच गर्नृ भएको थियो ।
९०६ जना स्वास्थ्य जाँच गराएका मध्ये २४७ जनाको भिडियो एक्स्रे गर्दा ७४ जनामा कलेजोमा
बोसो जमेको ९ँबततथ ीष्खभच० देखा परेको थियोभने १४ जनामा हेपाटोमेगालि देखिएको थियो,
१७ जनामा मृर्गाैलामा पानीको फोका र पथ्थरी देखा परेको थियो ।
१३३ जनाको इ सि जि गर्दा ४ जनामा समस्या भएको थियो भने १३६ जनाको मुटुको इको गर्दा
२८ जनमा मुटुको समस्या देखिएको थियो । स्वास्थ्य शिवरमा सबै भन्दा धेरैउच्च रक्तचाप, पेटको
समस्या, कलेजोको रोग, बाथ रोग मधुमेह, ब्अगतभ प्ष्मलभथ क्ष्लवगचथ र दमको रोग देखिएको थियो
। ८४ जनाको स्त्री तथा प्रसुती रोग परीक्षण गर्दा ३७ जनामा पाठेघरको विभिन्न समस्याहरु
देखिएको थियो ।
८३९ जनाको ल्याब परीक्षण गर्दा २७ जनामा पिसाबमा प्रोटिन चुहावट भएको र २५ जनमा
पिसाबमा सुगर देखिएको थियो । त्यसैगरी ४२५ जनाको आँखा जाँच भएको मध्ये २० जनामा
मेतिबिन्दुकोशल्यक्रिया गर्नु पर्ने देखिएको थियो भने आँखामा समस्या भएको २०७ जनामा निःशुल्क
चस्मा वितरण गरिएको थियो ।
उक्त शिविरमा स्वास्थ्य परीक्षण पश्चात निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
उक्त शिविरमा स्वास्थ्य जीवनका लागि शरीरका विभिन्न अंगहरुको भूमिका, उक्त अंगहरु संरक्षणका
लागि अपनाउनु पर्ने सावधानी, अंगमा कुनै खरावी भएमा देखापर्ने लक्षणहरु तथा उपचारका उपाय
लगायत मानवको मस्तिष्क मृत्यु पश्चात गर्न सकिने स्वेच्छिक अंगदान समेतका वारेमा जनउपयोगी
सामग्री, संदेश एवं सुचनाहरु प्रवाह गरिएको थियो । उक्त शिविरमा ६ जनाले मृत्यु पश्चात अंगदान
गर्नु भएको थियो।
स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा मिति २०८३ बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फ बाट मानव अंग संरक्षण तथा उपचार, मानव अंग
प्रत्यारोपण (मृगौला एवं कलेजो प्रत्यारोपण सम्बन्धि विद्यमान कानुनि व्यवस्था, मस्तिष्क मृत्य
पश्चात गरिने अंगदान) सम्बन्धि विविध पक्षका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको
थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठ समेतको सक्रिय सहभागितामा संचालित उक्त
अन्तरक्रिया तथा स्वास्थ्य शिविरमा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको श्री शिवराज
सेढाई, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, स्थानीय
जनप्रतिनिधिहरु, स्वास्थ्य कर्मीहरु, पत्रकार लगायत स्थानीय नागरिक समुदायको उल्लेखनीय
सहभागिता रहेको थियो ।
उक्त २ दिने बृहत निशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्नुहुनेशहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण
केन्द्र, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, जनसमुदायहरु, स्थानीय संचारकर्मी लगायतमा
आयोजकका तर्फबाट प्रशासन, मानब संसाधन तथा बातावरण प्रमुख अर्बिन्द्र श्रेष्ठलेधन्यवाद तथा
कृतज्ञता व्यक्त गर्नु भएको थियो । 

Comments