ज्ञानमाला दिवस तथा प्रथम स्थापना दिवस मनाउने
बैशाख २१, २०८३, सोमबार | विहान ११:४२ बजे | 130
ज्ञानमाला भजनको राष्ट्रियता संगठन राष्ट्रिय ज्ञानमाला संघ, नेपालको यहीं आउँदो २०८३ जेठ ३ गते आईतवारको दिनमा भक्तपुरको मुनि विहारमा ३२ औं राष्ट्रिय ज्ञानमाला दिवस तथा प्रथम स्थापना दिवस मनाउने भएको छ । सो स्थापना दिवस र वार्षिकोत्सब मनाउन मुनि विहार भक्तपुरमा राष्ट्रिय ज्ञानमाला संघ, नेपाल र भक्तपुर जिल्ला उपसमितिको बैठक आज मिति २०८३ बैशाख २० गते आईतवार तयारी समिति गठन गरिएको छ । मुनि विहारका, विहार प्रमुख श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महस्थविरज्यूको विषेश उपस्थितिमा राष्ट्रिय ज्ञानमाला संघ, नेपालका अध्यक्ष रमना श्रेष्ठ ज्यूको अध्यक्ष्यतामा भएको बैठकमा भक्तपुर जिल्ला उपसमितिका संयोजक गौतम बज्राचार्यज्यूको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । देशभरिका १५६ वटा ज्ञानमाला भजन आबद्ध छन् ।
