शिक्षकहरूको क्षमता विकासले गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने
बैशाख २०, २०८३, आइतबार | साँझ ०५:०२ बजे | 40
काठमाडौँ । काठमाडौँको किर्तिपुरमा APEN किर्तिपुरको आयोजनामा “फोनिक्स तालिम कार्यक्रम २०८३” बैशाख १९ र २० गते सञ्चालन भइरहेको छ। प्रि–स्कूल तहका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा विभिन्न विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख बिमल निरौलाको समेत उपस्थिति रहेको थियो। उहाँले तालिमको महत्वबारे प्रकाश पार्दै शिक्षकहरूको क्षमता विकासले गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उक्त तालिमको प्रशिक्षण सत्र प्रशिक्षक सोनी पौडेल तामाङ द्वारा सञ्चालन भइरहेको छ। उहाँले फोनिक्स शिक्षण विधि, शुद्ध उच्चारण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक शिक्षण शैलीबारे प्रशिक्षण प्रदान गरिरहनुभएको छ।
सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। यस तालिमले बालबालिकालाई सरल र प्रभावकारी तरिकाले अंग्रेजी सिकाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
APEN किर्तिपुरले यस्ता शैक्षिक कार्यक्रममार्फत शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा योगदान पुर्याउँदै आएको जनाएको छ।
उक्त कार्यक्रमको सञ्चालन APEN किर्तिपुरका सचिव तथा Eklavya Vision Pre School का व्यवस्थापक (MD) कृष्णराज तिमल्सिनाले गर्नुभएको थियो।
