तीन कृति सार्वजनिक
फाल्गुन १९, २०७७, बुधबार | विहान १०:५१ बजे | 25
ललितपुर । नेपालभाषा परिषदका अध्यक्ष प्रा. सुवर्ण शाक्यले एक समारोहमा दुईटा कथासंग्रह र एउटा प्रबन्ध गरी तीनटा कृतिको एकैसाथ विमोचन गर्नुभयो । समारोहमा कथाकार विमलप्रभा वज्राचार्यको इलं ब्यूगु बाखं, कथाकार दिव्या ताम्राकारको लिधंसा र साहित्यकार बुद्ध नेवाको केहेँ किजापिन्त मतिनाया पौ नामक तीन कृतिको एकैसाथ विमोचन गरिएको हो ।
कृति विमोचनपछि अध्यक्ष शाक्यले वर्तमान साहित्यले मौलिक पहिचान जोगाउने संस्कार र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा समीक्षक पूर्ण ताम्राकारले इलं ब्यूगु बाखं, साहित्यकार धु्रव मधिकर्मीले लिधंसा र डा. पुष्पराज राजकर्णिकारले केहेँकिजापिन्त मतिनाया पौ कृतिबारे समीक्षकीय विचार राख्नुभयो ।
कार्यक्रममा कृतिका स्रष्टात्रयका साथै कवयित्री प्रतिसरा सायमीले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेपालभाषा परिषद्को आयोजनामा भएको थियो ।