पाण्डुबजारमा गुम्बा निर्माणः सर्वसाधारणका लागि खुल्ला
बैशाख १७, २०८३, बिहीबार | राति ०८:५४ बजे | 220
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा समुदायस्तरबाट गुम्वा निर्माण कार्य सम्पन्न भएको छ । समुदायस्तरबाट बनेको यो जिल्लाकै पहिलो गुम्वा रहेको दावी गरिएको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार हाइटको २२ आना जग्गाको क्षेत्रफलमा गुम्वा निर्माण सम्पन्न गरिएको हो । साढे तीन तल्ले गुम्वा भबन मात्रै आठ आना क्षेत्रफलमा फैलिएको छ ।
यो ठाउँं सूर्यविनायकको पाण्डुबजार उकालोमा रहेको छ । पाण्डुबजारबाट वीच उकालोबाट पूर्वतिरको गल्लीबाट यो ठाउँंमा पुग्न सकिन्छ । पाण्डुबजारबाट चार पाँंच सय मिटर माथि उकालोमा पुगेपछि गल्लीभित्रबाट पनि चार पाँंच सय मिटरकै बाटोमा जानुपर्छ ।
निर्माण सम्पन्न गुम्बाको विहीबार बौद्ध धर्मगुरु रिन्पोछेंको बाहुली तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बौद्ध धर्मसम्वन्धि शिक्षा, ध्यान तथा साधना कार्यक्रमहरु सञ्चालन गरी समाज तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यका साथ गुम्वा निर्माण गरिएको ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्म लोप्साङ लामाले जनाए । उनका अनुसार यसै उद्देश्यले भक्तपुरमा गुम्बा निर्माण गर्ने लक्ष्यसहित २०७० साल जेठ २ गते जग्गा खरिद गरिएको थियो । गुम्बा निर्माणका लागि २०७१ साल चैत १५ गते विस्तारित बैठकबाट निर्माण समिति गठन गरिएको थियो । त्यसपछि २०७५ साल वैशाख १७ गतेदेखि निर्माण कार्य सुरु भई २०८२ साल चैत ३० गते सम्पन्न गरिएको थियो । निर्माण सम्पन्न भएपछि गुम्बा समाजको मूल समितिलाई हस्तान्तरण गरिएको थियो ।
गुम्वा निर्माणका लागि ६ करोड रुपैयाँं सहयोग प्राप्त भएको जनाइएको छ । त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट डेढ करोड रुपैयाँं प्राप्त भएको जनाइयो । बाँंकी दाता महानुभाबहरुबाट प्राप्त भएको कार्यक्रममा जनाइयो ।
समाजका सल्लाहकार मानबहादुर तामाङ दोङले सुरुमा जग्गा खरिदका लागि आफूहरुबाटै चन्दा संकलन थालेको स्मरण गरे । लामाहरुको धर्मकर्मलाई गाउँंठाउँंमै गर्न पाउने उद्देश्यका साथ गुम्वा निर्माण गरेको उनले जनाए । जिल्लामा अन्य विभिन्न जिल्लाहरुबाट बसाईसराई गरी आउने लामा जातिको विशेष बसोबास रहेको छ । गुम्वा निर्माण उनीहरुको धार्मिक क्रियाकलापमा सहज हुने विश्वास गरिएको छ ।
उदघाटन गरिएको गुम्वा २४ सैं घण्टा खुल्ला रहने र सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जनाइएको छ । गम्वामा बौद्ध दर्शनशाश्त्रहरु अनुसार पूजापाठ हुने र प्रत्येक वर्ष बुद्ध जयन्तीको दिन विशेष पूजाआजा हुने जनाइएको छ । बौद्ध धर्मसम्वन्धी शिक्षा, ध्यान, साधना तथा पूजाआजा सञ्चालन गर्न भक्तपुरमा भएको गुम्वा निर्माण सहयोग हुने विश्वास गरिएको छ ।
गुम्वा निर्माण गरेको ह्याङ्ला आदिवासी तामाङ समाजले हालसम्म विभिन्न गतिविधिहरू गर्दै आएको जनाएको छ । समाजले स्थापना कालदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको जनाएको छ । समाजका अनुसार २०६२ साल असार ८ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् दर्ता भएपछि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यस क्रममा “ह्याङ्ला दोर्साङ रेडियो” कार्यक्रममार्फत जनचेतना फैलाउने काम गरिएको थियो । त्यस्तै, स्थापना कालदेखि नै बौद्ध धर्मसम्बन्धी शिक्षा, ध्यान तथा साधना कार्यक्रम सञ्चालन गर्दै समाज र पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याइएको उल्लेख गरिएको छ ।
तामाङ समुदाय नेपालका प्रमुख आदिवासी जनजातिमध्ये एक हो, जसको धर्म, संस्कृति र भाषा संरक्षणमा यस्ता संस्थाहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...
