उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित


फाल्गुन १९, २०७७, बुधबार | विहान १०:४७ बजे | 45


ललितपुर महानगरपालिका, वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रियहुनु हो भन्दै सक्रिय बनाउन आवश्यक तालिम तथा कार्यक्रमहरुको आयोजनामा आफू सँधै प्रतिवद्ध रहने बताए ।
कार्यक्रमका विशेष अतिथि इन्द्रदेवी महर्जनले सबैको मन्तब्य र कार्यक्रम संचालन शैली देखेर आफू निकै प्रभावित भएको बताइन् ।
प्रशिक्षक सुरजवीर बज्राचार्यले “हिजो अगाडी उभिन डराएको स्मरण गर्दै आजबिना हिचकिचाहट आफ्ना कुरा राख्ने गुणको विकास भनेको नयाँजन्म सरह”भएको उल्लेख गरे । जसरी नयाँखजन्म पनि हुर्कन मेहेनत आवश्यक छ त्यसरी नै प्रत्येक पल मेहेनत गर्नुपर्नेमा जोड दिँदै सबैले मेहेनत तथा कुशतला साथ गरेको प्रस्तुतिले आफू निकै हर्षित भएको समेत बताए ।
वडा सदस्यदविनिता विकको सहभागिता रहेको उक्त कार्यक्रम तालिम लिएकै समूहकामध्ये जलमिसापुचकी दुर्गा महर्जनको सभापतित्वमा भएको थियो । आफ्नो मन्तब्य राख्दै उनले महिला समूहका लागि यो समयको आवश्यकता नर्सरीको तालिमरहेको उल्लेख गर्दै वडासँग माग पनि गरे ।
कार्यक्रममा प्रशिक्षार्थीहरु मध्येबाटै सुभद्रा महर्जनले स्वागत मन्तब्य राखेका थिए भने धुसल महिला समूहका निनमाया महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।
सहभागीहरु दाचिमहर्जन, कान्छी महर्जन, पद्मामहर्जन, प्रमिलामहर्जन, मायामहर्जन, अनिता राई, भक्तमायामहर्जन, धनमायामहर्जन, कवितामहर्जनले अनुभवमन्तब्य राखेका थिए ।
२०७७फागुन ०९ गतेबाट शुरु भएको तालिममाधुसलमहिला समूह, जलमिसापुचः, नगुमामहिला समूह, विहार महिला समूह, लांखापुचू महिला समूह, इगाःमहिला समूह, दल्मे महिला समूह, ध्याकु महिला समूह, चाधःमहिला समूह, देय््धःमहिलामिसापुचः, गुमजमहिला समूहकापदाधिकारीहरुको सहभागिता रहेको हो ।

Comments