जब स्कुलमा भिक्षुहरु आए.....


बैशाख १६, २०८३, बुधबार | राति ०८:४७ बजे | 75


जब स्कुलमा भिक्षुहरु आए.....

भक्तपुर । दान नै धर्म हो भन्ने सन्देश विद्यार्थीमा पुरयाउन बुधबार भक्तपुरमा मुठीदान कार्यक्रम भएको छ । बुद्ध जयन्तीको अवसर पारेर एभरेस्ट इङ्लिस स्कुल भक्तपुर २, मिबाछेंले मुठीदान कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा विद्यालयका एक हजार दुई सय भन्दा वढी विद्यार्थीले दान गरेका थिए । साथै झण्डै दुई सय शिक्षक कर्मचारीहरु पनि दानमा सहभागी रहेका थिए । दान लिन मुनिबिहार भक्तपुरका भिक्षु तथा श्रावणेर र सेवकसेवीकाहरुको बाक्लो उपस्थिति रहेको थियो । 
कार्यक्रममा सहभागी हुन अगाडि नै मुनिविहार भक्तपुरमा खवर दिइएको थियो । कार्यक्रम तालिका अनुसार उनीहरु पैदल यात्राबाट स्कुल पुगेका थिए । उनीहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतको विद्यार्थी, शिक्षक, कर्मचारीहरुको टोलीले स्वागत गरेको थियो ।  
त्यस क्रममा पवित्र बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरको वातावरण मुनी बिहार जस्तै शान्त र करुणामय बनाएको थियो । उक्त दिन भिक्षुहरु भिक्षाटनको लागि टोल, गाउँ, बस्तीमा नभै विद्यालय परिसरमा पाउँदा  स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले हार्दिक स्वागत एवम् आभार व्यक्त गरेका थिए । त्यस क्रममा उनले मुठीदान कार्यक्रम आयोजना र निरन्तरताको मुख्य उद्देश्य नानीहरुलाई सानै उमेरदेखि नै दान गर्ने र समाज सेवाप्रतिको उत्तरदायित्व बोध गराउनु रहेको बताए । सक्नेले आवश्यक हुनेलाई सहयोग गरेमा कुनै पनि व्यक्ति वा संस्थाले अभावमा निराश हुनुपर्दैन, उने भने, एकजनाले दिए मुठी धेरैले दिए मुरी भने झैं दान र समाज सेवा भावको चेतना जागृत गराउन सके उन्नत समाज र सबल राष्ट्रको बन्न सक्ने ठम्याई स्कुलको हो । यस्तो कार्यक्रम २०७३ सालदेखि निरन्तर वार्षिक रुपमा गरिँदै आएको उनले जानकारी गराए । 
मुठी दान कार्यक्रममा भक्तपुरका मुनी विहारका प्रमुख भिक्षु विपश्वी भन्तेले  विद्यार्थीहरुलाई बुद्ध दर्शनको बारेमा धम्मोपदेश गरेका थिए । उपस्थित सबैजनाले मन्त्रमुग्ध भएर श्रवन गरे ।  
मुठीदानबाट सङ्कलित नगद, चामल, बिस्कुट, साबुन, कापी, कलम÷पेन्सिल, ब्रस मन्जन, फलफुल, नुन आदि विविध सामाग्रीहरु मुनी विहार भक्तपुरलाई हस्तान्तरण गरियो । संकलित दान स्कुलको बसबाट मुनि विहार इनाचो पुरयाइदिएको थियो । साथै भिक्षुहरुलाई पनि बसबाट पुरयादिएको थियो । कार्यक्रमलाई भब्य र सब्य र रुपमा संचालनमा बुद्ध दर्शनमा आधारित परियत्ति शिक्षाका शिक्षक तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रह्यो ।
 

फाेटाेमा हेर्नुहाेस्...

जब स्कुलमा भिक्षुहरु आए.....

Comments