नेपालमा केही भएन भन्ने भ्रम र तथ्यको यथार्थ
बैशाख १६, २०८३, बुधबार | विहान ०९:१० बजे | 145
सुनील सापकोटा
कौसलटार , भक्तपुर
नेपालमा अचेल धेरै ठाउँमा एउटै गुनासो सुनिन्छ। त्यो हो -“देशमा केही भएन, झन् बिग्रियो।” तर हालै नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको आर्थिक स्थितिपत्रले यो धारणा पूरै सत्य न भएको देखाउँछ। तथ्याङ्कले हेर्दा, विशेषगरी देशमा आएको १० बर्ष अघिको महाभूकम्प पछिका १० वर्षमा नेपालले केही महत्व पूर्ण प्रगति भने गरेको देखिन्छ। पहिले अर्थतन्त्रकै कुरा गरौँ। करिब एक दशकअघि नेपालको अर्थ तन्त्रको आकार २६ खर्ब रुपैयाँ हाराहारीमा थियो। अहिले यो बढेर ६१ खर्ब नाघेको छ। यसैसँगै नेपालीको औसत आम्दानी पनि बढे कोछ। यसले के देखाउँछ भने देशको समग्र आर्थिक गतिविधिमा विस्तार भएको छ। भलै त्यो सबैको जीवनमा समान रूपमा मह सुस नहुन सक्छ। ऊर्जा क्षेत्रमा भएको परिवर्तन झन् उल्लेखनीय छ। केही वर्षअघि सम्म लोडसेडिङले हैरान बनाएको देश अहिले लगभग पूर्ण विद्युती करणको अवस्थामा पुगेको छ। बिजुली उत्पादन ६ देखि ७ सय देखी मेघावाट बाट बढेर ४ हजार मेगावाट नाघ्नु सानो उपलब्धि होइन। आज गाउँ गाउँमा बत्ती पुगेको छ।जुन देशको दैनिक जीवन मै ठूलो परिवर्तन हो। पूर्वाधारतर्फ हेर्दा पनि सडक सञ्जालमा ठूलो विस्तार भएको छ। करिब १० वर्षमा झन्डै १० हजार किलोमिटर थप कालोपत्रे सडक बनेका छन्। यसले गाउँ र शहरको दूरी घटाएको छ । अनि व्यापार आवत जावतमा सजिलो बनाएको छ। सामाजिक क्षेत्रमा पनि सुधार देखिन्छ। साक्षरता दर बढेको छ। मातृ तथा शिशु मृत्युदर घटेको छ। गरिबी केही हदसम्म कम हुँदै गएको छ। यी सबै सूचकहरू साना देखिए पनि जनजीवनको गुण स्तर सुधार तर्फका संकेत हुन्। तर तस्वीरको अर्को आलोचनाको पाटो पनि छ। सबैभन्दा ठूलो चिन्ता भनेको सार्वजनिक ऋणको भारी वृद्धि हो। ५–६ खर्बबाट बढेर करिब ३० खर्ब पुग्नु सामान्य कुरा होइन। यसको अर्थ,विकास सँगै देशको आर्थिक दायित्व पनि तीव्र रूपमा बढेको छ। यदि उत्पा दन मूलक क्षेत्र बलियो नबन्ने हो भने यो ऋण भविष्यमा बोझ बन्न सक्छ। अर्को महत्त्वपूर्ण पक्ष भनेको रेमिटेन्स हो। विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसाले देशको अर्थतन्त्र धानेको छ। विदेशी मुद्रा सञ्चिति पनि बलियो छ, जसले आर्थिक स्थिरता कायम राख्न मद्दत गरेको छ। तर यसले एउटा प्रश्न पनि उठाउँछ। हामी आफैं उत्पादन गरेर कति कमाइरहेका छौं? यसकारण “केही भएन” भन्ने निराशा पूर्णतः सही होइन। तर “सबै ठीक छ” भन्ने दाबी पनि यथार्थ होइन। नेपालले पछिल्ला १० वर्ष मा केही आधार तयार गरेको छ। ऊर्जा, सडक, सामाजिक सूचक हरूमा सुधार। अबको चुनौती भनेको यही आधारमा टेक्दै उत्पा दन, रोजगारी र दिगो आर्थिक वृद्धि कसरी बढाउने भन्ने हो। अन्त्यमा , सरल भाषामा भन्नुपर्दा, देश उभिने बाटोमा छ—तर अझै धेरै टाढा पुग्न बाँकी छ। ** धन्यवाद !
