आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर सम्पन्न


बैशाख १५, २०८३, मङ्गलबार | दिउँसो ०३:४७ बजे | 40


आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, १५ बैशाख । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा कमलविनायकमा मंगलबार सम्पन्न भयो । 

कार्यक्रममा उपप्रमुख रजनी जाेशीले पहिलो प्रथामिकता स्वास्थ्यलाई दिनुपर्ने बातउँदै कामदार जनताहरु  थला नपरेसम्म अस्पताल नजाने कारणले ठुलो रोगको सामना गर्नुपर्ने स्थिति आउने बताउनुभयो । उहाँलेको समय पढ्नु पर्ने अवस्थामा आखाँ कमजोर नबाउन बरोबर जाँच गर्नुपर्ने बताउनुभयो । उहाँले सम्पदा सबैको भएकोले ०७२ सालको भुकम्पबाट क्षति सम्पदा पुननिर्माण र संरक्षण नगरपालिकाले गरिरहेको र अहिले थँथु दरवार पुनः निर्माण गरिरहेको बताउनुभयो । उहाँले कार्यकाल १ वर्ष मात्र बाकी रहेकोले अरनिको सभाभबन १२०० जना अट्ने गरि नगरपालिकाले निर्माण गरिरहेको बताउनुभयो । उहाँले सुकुम्बासी हटाएको भक्तपुर नगरपालिकाको भनेर गलत समाचार दिइ नगरपालिकाको बदनाम गरिरहेको बताउनुभयो । उहाँले कसरी स्वास्थ्य हुनेमा चासो राख्नु पर्ने बताउँदै खेलकुदमा संलग्न हुनुपर्ने र युवाहरुमा मुटु, सुगर, प्रेसर घरको खाना नरुचाई बजारुखानाले भएको बताउनुभयो ।

कार्यक्रम लक्ष्मीप्रसाद ह्याैमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै जनताको स्वास्थ्यको लागि नगरपालिकाले सरसफाइमा जोड दिई अस्पताल र स्वास्थ्य चाैकी खोलेको बताउँदै विभिन्न तालिमहरु समेत संचालन गरेको बताउनुभयो । उहाँले बैशाख १८ गते मे दिवस अर्थात मजदुर आन्दोलनको उपलब्धिबाट कामदार जनताले राहत पाएको र कामदारी खाने जनताको पक्षमा रहेको बताउनुभयो । उहाँले विद्यालयमा हप्ताको एक दिन विदा अभिभावक र विद्यार्थहरुको हितमा गरेको बताउनुभयो । उहाँले ख्वप अस्पताल जनताको सेवाको लागि बिमाबाट पैसा नपाएपनि संचालन गरिरहेको बताउनुभयो । कार्यक्रममा  जितेन्द्र मुनाकर्मी र लक्ष्मीप्रसाद चवालले पनि बोल्नु भएको थियोे ।

स्वास्थ्य शिविरमा करिब २०२ जना वडाबासीहरुले लाभ लिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर सम्पन्न

Comments