एक अर्वको प्रलोभन आयो ः बनमन्त्री


फाल्गुन १८, २०७७, मङ्गलबार | दिउँसो १२:१० बजे | 30


वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन्। मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको उनको भनाई छ। ‘जुन दिनमा मैले पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि लिएर वनका केही बदमास कर्मचारीहरुले मलाई भेट्ने प्रयास गरे। भेटौं मन्त्री ज्यू भेटौं भने, तर मैले कसैलाई भेटिन,’ उनले भने, ‘पछि कुरा कतिसम्म आयो भन्दा हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो। तर, मैले एक अर्ब पैसा समाएर आफ्नो मुखमा आफैं कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ।’ गत माघ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ लाई खारेज गरेको थियो।

Comments