हरि मञ्जुश्रीको आध्यात्मिक गान सार्वजनिक
बैशाख ६, २०८३, आइतबार | विहान ०८:५८ बजे | 110
हरि मञ्जुश्रीको रचना, सङ्गीत र स्वर रहेको आध्यात्मिक गान आज सुवर्ण कर्माचार्यले सार्वजनिक गर्नुभयो । गानलाई ‘सुन्दरताको बीज छर’ नाउँ दिइएको छ । गानको सुपरिवेक्षण मच्छेश्वर सापकोटाले, सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले र बाद्यसंयोजन बालकृष्ण सेवाचार्यले गर्नुभएको छ । यो गानसहित हरि मञ्जुश्रीका सम्पूर्ण गानहरू यु–ट्युबमा ‘हरि मञ्जुश्री सङ’ टाइप गरेर अथवा अक्षरधाम यु–ट्युब च्यानल खोलेर सुन्न सकिन्छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा विवेचक डा. इन्दुल केसीले ‘सुन्दरताको बीज छर’ गानका साथै हरि मञ्जुश्रीको लेखन, सङ्गीत र गायकीका विषयमा विवेचना गर्नुभएको थियो ।
