कहां पुग्यो भैलख ? 


बैशाख ५, २०८३, शनिबार | राति ०९:०६ बजे | 180


कहां पुग्यो भैलख ? 

भक्तपुर । भक्तपुरको विस्का जात्रा अन्तर्गत अन्तिम दिन शनिबार राति अवेरसम्म पनि भैलख तान्दै गरेको छ । यो समाचार तयार पार्दा राति नौ बजेसम्म पनि सयौं जना भैलख तान्न व्यस्त देखिएका छन् । सुरुमा भैलखलाई गहिटीबाट तमारी हुँंदै क्वाछेंतिर लगिएको थियो । गहिटीबाट तमारीतिर लाने क्रममा कर्नरमा पुग्दा भैलखको पांग्रामा पेटीमा समेत चढेको थियो । त्यो बेला भैलख पूरै ढल्ला जस्तो गरी डरलाग्दो रुपमा ढल्केको थियो । तर पछि फेरि पेटीबाट तल झरेर सम्म ठाउँंमा पुगेपछि वातावरण शान्त वनेको थियो । 
भैलखलाई पछि फेरि फर्काएर तमारीतिर ल्याइएको थियो । पछि फेरि यताउता हुँंदै राति नौ बजेसम्म पनि भैलख तमारीमै रहेको छ । दुवैतिरबाट रथ तानातान चलिरहेको छ । 

Comments