भैलख तान्न जाँंदै हो ? यी कुरा ध्यान दिनुस् है 


बैशाख ५, २०८३, शनिबार | दिउँसो ०३:४७ बजे | 340


भैलख तान्न जाँंदै हो ? यी कुरा ध्यान दिनुस् है 

दुई हजार सुरक्षाकर्मी परिचालन  
भक्तपुर । विस्का जात्राको अन्तिम दिन आज बेलुकी भैलखको रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप वा विवाद हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ । 
भक्तपुरका प्रमुख जिल्ला अधिकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए ।  
उनले भने, ‘रथ दिउँसो ४ः०० बजे तान्ने कार्यक्रम छ । जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ । जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट तस्बिर र श्रव्यदृश्यबाट अनुगमन गरिरहेको हुन्छ । स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि बस्छ, हुलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।’
 

Comments