विस्का जात्रा आज समापन हुँंदै


बैशाख ५, २०८३, शनिबार | विहान ०८:४२ बजे | 165


विस्का जात्रा आज समापन हुँंदै

भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्रा आज शनिबारबाट समापन हुँंदैछ । जात्राको समापनको दिन आज गहिटीमा रहेको भैरबनाथको रथ नेपाल भाषामा भैलख तानेर समापन गरिन्छ । परम्परा अनुसार साँझ भैरबनाथको रथलाई भक्तपुर नगरको माथिल्लो तोलतिर तानेर लाने गरिन्छ । यसलाई नेपाल भाषामा द्यो थाह विजाइगू अर्थात् देवता माथि सवारी हुने भनिन्छ । भैरबनाथको रथ तान्ने क्रमको समापनसँंगै आठ रात नौ दिन लामो जात्रा समापन हुने गर्दछ । जात्रा चैत २७ गतेबाट सुरु भएको थियो । 
 

Comments