भत्केकोपाटी क्षेत्रमा चेकजाँचका क्रममा एक जना नियन्त्रणमा


बैशाख ३, २०८३, बिहीबार | राति ०८:३७ बजे | 85


भत्केकोपाटी क्षेत्रमा चेकजाँचका क्रममा एक जना नियन्त्रणमा

भक्तपुर, वैशाख ३ — भक्तपुरमा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ वैशाख ३ गते साँझ करिब ४:३० बजे भक्तपुर नगरपालिका वडा नं. १० भत्केकोपाटी क्षेत्रमा चेकजाँचका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ४ घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ राधोपाटी बस्ने २७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको जनाएको छ।

उनको साथबाट लागू औषध ट्रामाडोल ५९८ क्याप्सुल र स्पास्पेन ५ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मिजारमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Comments