साहसिक कार्यको सबैले तारिफ गर्ने हुनुपर्छ
बैशाख २, २०८३, बुधबार | विहान ०८:३९ बजे | 75
साहसिक कार्यको .... -
कुमार लघु,भक्तपुर
देशै नहुने कुनै सन्धि सम्झाैता कुनै क्षेत्र,समूह गुट उपगुट र सरकार वा संसदले गर्नु हुन्दैन् । जसले MCC पास गरेकोले जनताको कथघरामा उभ्याई जनकार्वाही गर्न पछि पर्नु हुन्दैन् । जो होस् । गल्टी गर्नेलाई सजाय हुनुपर्छ । साहसिक कार्यको सबैले तारिफ गर्ने हुनुपर्छ । अहिले साहसिक कार्य spp पास नगर्ने जुन कुरा सामाजिक सञ्जालमा आएको छ त्यो सत्य भए नेपाली जनताले पाएको जित हो । बहुमत प्राप्त सरकारको साहसिक कार्यलाई देश विदेशमा वस्ने जनताले सत्य युगको कल्पना गर्ने मनको जित भएकोमा खुसी नेपालीलाई लागेको छ । यो जित जनताको हो । हटनपत कुनै पनि निर्णय गर्नु हुन्दैन् । जनताको आभाष , जनताको सार्वभौमसत्ता गुम्ने हिसाब कितावमा गम्भीर हुन जानू नै राष्ट्वादी र देशभक्तहरूको मान मर्यादामा गुम्ने हेतुले काम गर्न हुन्दैन् । सधै सचेतता अप्नाई नै शासन सत्तामा अगि वढ्नुपर्छ । बहुमत सरकारले बहुमत र देशको हितमा काम गर्न चुक्नु हुन्दैन् । चुक्यो कि भनेको हिमालमा हिमाल चढ्दा जसरी शिखर चढ्ने व्यक्तित्वको जीवन समाप्त हुन्छ त्यसरी नै बहुमत सरकार गिर्छ जीवन लिला नै समाप्त भए जस्तै सधैँको लागि समाप्त हुन्छ । जनताहरू अति नै दूरदर्शीछन् । जनतालाई कहिले पनि कसैले पनि धोका दिनुहुन्दैन् । यो नेपालीको सचेत आवाज हो । सरकारमा वस्नेहरूले अनियमित र अवास्ताविकतामा बसेर कहिले काहि पाईला चाल्नु हुन्दैन् । जनताको तिरष्कार हुने हेतुले सानो छिद्र पार्न दिनु रोकेर विचार गरि गरि कुनै परराष्ट् नीतिलाई केलाउने शक्तिशाली थिङ्क टैयाङ्क बनाई अगि वढ्नु असल हुन्छ। राष्टि्य राष्ट्को हितको निम्ति जीवन अर्पण गर्न तयार रहनु पर्छ । कसैसित झुक्न र झुक्ने कामवाट सतर्क हुन सिक्नु पर्छ । देशलाई सम्वृध्द र शुसासनमा हिडाउन कठिन छ । विपक्षका समूह र पार्टीहरूले सरकारका कुनै पनि कार्यलाई आलोचनात्क ढंगले साथ सपोर्ट र समर्थन विरोध गरेर खवरदार गर्न चुक्न हुन्दैन् । विपक्षले कुनै पनि कामलाई हृदयमङ गरि ठिकलाई ठिक र वेठिकलाई परिपक्कोतात्मक सत्यको वाटोमा लाग्न प्रेरित गर्ने काम गर्न सके प्रमुख विपक्षको कर्तव्य हो । देश नेपाल रहन दिनु नै अहंम भूमिकामा सचेत हुनुपर्छ । पंञ्चशील सिध्दान्तमा रहेर कार्य गरे जनताको शुसासन र सम्वृद रहन सक्छ । अन्यथा अलिकति मात्र विदेशीको इशारामा लोभिएर काम गरेमा जनताले विगतका सरकारलाई जस्तै देशी र विदेशीले सरकार ढाल्नेछ । हाम्रा पूर्खाले भन्ने झै कुनै पनि कार्य हितको नाममा हटपट कार्यमा सम्लग्न हुन हुन्दैन् । यो सरकारले विगतका कमिशन खाने र घुस खानेहरूलाई कार्यवाही गरेर जनताको मन जिताउनु नै सफलताको शिखरले जनताले सरकारको दीर्घकालको शुभकामना दिने छन् । काम पूरा गरेर मात्र सामाजिक सञ्जालमा ल्याउनु पर्छ । यहाँ जनताले अहिले सरकारमा गएका मन्त्रीहरू धनाध्य भएकोले ससंकित भएका छन् । आफ्नो देशलाई माया गरे विदेशीलाई कम प्राथमिकता दिने हो । यो सरकारले संसद सदस्यहरूलाई आ आफ्नो जिल्लामा वाटो, पुल ,विध्यालय, कलेज विश्र्वविध्यालय वनाउन, स्वास्थ केन्द्र र कल कारखानामा आदी विकास र निर्माणमा लाग्न उत्प्रेरित गर्न सक्नुपर्छ । जनताको आसा त यस्तै कार्यमा लाग्न नै अहिले जनताले बहुमत दिएको थानेको हुनुपर्छ । जनताको मनमा चोट पु-र्याउन दिनु हुन्दैन् । सरकारमा रहेका पक्षले सबैलाई समान रूपमा व्यबहार गर्नुपर्छ । सरकार अहिले कति काममा कसले किन शिक्षामा प्राईभेट र सरकारी भनेर भेडभावहरू बाहिर ल्याएको हो । यसमा पून: विचारको आवश्यकता महसूस गर्नुपर्छ । सहकारी ठगीहरूलाई पक्राउ गरि जेलमा राख्न सोच्न विस्तार गर्न हुन्दैन् । देशद्रोहीहरूलाई र नेपाललाई विखण्डण गर्न खोज्ने वुध्दिजिवीहरूलाई जेलको गोलघरमा भर्नुपर्छ । यसले गर्दा देशको विषयमा अनियमित कार्य गर्न हतोशाहित हुन्छ । गरिवहरूलाई दु:ख दिने र गुण्डा भई जनताको भविष्यसित खेलबाड गर्ने गुण्डाहरूलाई जेलको श्रम कारावासमा जाक्न लग्न ढिलो भयो । बलत्कारीहरू अपराधीहरू यो सरकारमा माैलायो कि फेरि विगतमा हुन्छ सरकारलाई नै विगतका जस्तै आच्छु आच्छु पार्छ । अनियमित काम गर्ने ठेकेदारहरूले कमशल कार्य र निर्माण गरेर देशको सरकारलाई च्यालेन्ज दिनेहरूलाई किन कसो ६ महिना जेल हालेर पछि मात्र वार्ता गर्ने गरि विकास निर्माणमा लगाउन पाए त जनता खुसी हुने देखिन्छ । ठगहरू,समय मै विकास निर्माण नगरि विदेश चाहार्ने सरकारको सुविधा लिई देश विदेश घुम्ने सरकारी कर्माचारी, सेना,शसस्त्र प्रहरी, गुप्तचर विभागका प्रमुखहरूलाई नेपालमै राखेर केही वर्ष विदेश नपठाई नेपालमा रहन दिएर देश विकासको निम्ति राख्न पाए देशले अग्रता लिने हो कि ? हो यस्ता विविध विषयमा विचार विमर्श जनतालाई गर्न दिएर बृहत्त छलफलले मात्र निर्णय गरे सरकार सफल हुनेछ। साहसिक कार्यको जतावाट पनि प्रशंसा हुने हुन्छ । साहसिक कार्यको स्वागत छ । अन्तमा सरकार र संसदले सोच विचार गरेर अगाडि वढ्नु पर्ने विचार राख्दै विदा हुन्छु। नयाँ वर्षको सुभकामना छ । २०८३/१/०२ गते
