जात्राले हामीलाई=


बैशाख १, २०८३, मङ्गलबार | राति ०७:२८ बजे | 70


जात्राले हामीलाई=

कुमार लघु,भक्तपुर

विस्का जात्राले हामी सबैलाई सुस्कृत, अनुसाशीत,सभ्य र पहिचानमा वस्न उत्प्रेरित , आगन्तुहरूलाई संस्कारमा रमाउन उत्साहित पार्छन् । यो विस्का जात्रामा हामीहरू सबैले हाम्रा सन्तानहरू,नातागोता, साथी भाइ,इष्ट मित्रहरू के छन् कता छन् उहाँका कस्ता जात्रा सस्कृति रहनसहन बुझेर नै साथी वनाउने नाता गाँस्ने आवट जावट गर्ने भाेज आउने जात्रा हेर्न आउने सम्झदार नरम मिजासिलो आनन्दमय क्या रमाईलो जात्रा रहेछ । भनी बोलाउने आउने खानपिन सहयोग मित्रताको कसिलो आदान प्रदान हुनेछ । हामीमा बोली नरम मिजासिलो सस्कारयुक्त देखिनुपर्छ । लवाई खवाई सुन्दर र आकर्षक थोरै मेहनतले दिगो पहिरनको आवश्यकता पूर्ति गर्न जानुपर्छ ।हामीलाई आफ्नतहरूले आएर कतिको मेहनत, गुणिलो स्वागत योग्य मिठनसपन भएको व्यबहारिक ,परिवारसित समाजमा कर्तव्य परायण छ छैन् सबैको परिक्षण गरेर जात्रा हेरेर आफ्नो घर फर्किन्छ । जसले बोलायो उसलाई मात्र परिक्षण गरेर जाने होईन् समग्र भक्तपुर वासीलाई नै नियालेर जाने हुन्छ । हुन त हाम्रो मनमा जात्रा हेरे गए भनेर हामी सोच्छाै । जो हामीमा घरमा वा भक्तपुरमा जात्रा हेर्न आए हो उसले सब थोक हेर्छन् । लेखक पत्रकार ,साहित्यकार , कवि कथाकार,नाटककार भए त हाम्रा कमि कमजोरीहरू कुनै वेला लेखेर दर्शक सामु उदाङ्गो पार्छन् । हामीमा त्यो क्याफकुलेशन बिर्सिन्छन् । कहिले होला बर्साै पछि किताव प्रकासन पछि पढ्दै जान्दा बल हाम्रो होश खोल्छन् । राम्रा र नराम्रा कुराहरू समाजमा ऐना झै छर्लंग प्रकाश पार्नेछन् । त्यसैले भक्तपुरमा जात्रामा रमाउनेहरूले समाजको अनुशासनमा बसेर जात्रा चलाए भक्तपुर र भक्तपुरवासीको नाम राम्रो ठाउँमा रहनेछ । नत्र कलंकित पक्षमा भक्तपुरलाई तहलाउने छ । रथ तान्न र लिगो ढलाउने काममा सबैको सहयोग वरावर हुनु राम्रो हो । फेस बुक्मा राख्नेहरूले र क्यामरा म्यानहरूले राम्रो पक्षहरूको फोक्स दिएर राख्दा आफ्नै बदनाम हुन वेर छैन् । भक्तपुर भक्तहरूको नगर शहर हो । यहाँ जात्रा सत्य युगदृखि नै भगपानहरूलाई र कानिसहरूलाई नीति नियममा राखी अनुशासित वनाउन नै जात्राहरू चलाई बाजाहरूको विकास र नयाँ पुस्ताहरूलाई पुस्ताङतरण गर्न वुढा वाजेहरू वा वाजाका गुरूहरू तल्लिन छन् । जहाँ जहिले साथ संगत असलहरूको संगत गर्न सिक्नुपर्छ । विस्का जात्राले पनि अनुशासाहिनहरूलाई प्रहरीले पक्राउ गर्नु राम्रो । जात्रा राम्रो वनाउने प्रयत्न गर्नु राम्रो हो । रथ झानणदा ज्यान वानवेर छैन् । सबै ानणनेदेखी हेर्न आउनेहरूले जोगिने ठाउँमा वसेर हेर्नुपर्छ । अब आज फेरी रथ माथी खलावाट लिङ्गो ढालेपछि गाहिटीतिर ताने काम हुन्छ । अभिभावकहरूले रथ तान जानेहरूलाई खवरदारी गर्नु राम्रो हो । हसत नयाँ वर्ष २०८३को हार्दिक शुभकामना सम्पूर्ण नेपालीहरूलाई भनेर विदा हुन्छु । सबैको कल्याण होस् । २०८३/१/०१

Comments